Play

कांग्रेसको बिरासत बोक्नेहरुले नै पार्टीको जिम्मेवारी भन्दा बाहिर : निष्ठावान र पुराना कार्यकर्तामा चिन्ता

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. २ को अधिबेशनबाट कांग्रेसका केहि पुराना र निष्ठावान नेता एबम कार्यकर्ताले पराजय भोग्नुपरेको छ। प्रतिबन्धितकालमा नेपाली काँग्रेसको पक्षमा लाग्ने, तत्कालिन अबस्थामा कांग्रेस नेता कार्यकर्ताहरुको संरक्षण गर्ने एबम निरन्तर नेपाली काँग्रेसमा सक्रिय रहेर काम गरेका कतिपय नेता कार्यकर्ताहरुले चुनाबमा पराजय भोग्नुपरेको छ।

कास्की -२ को महाधिबेशन प्रतिनिधिको चुनाबबाट केहि समय अगाडी मात्र कांग्रेसको संगठनमा लागेकाहरुले सहज ढंगले निर्बाचित हुने अवसर पाउँदा कतिपय पुराना र निष्ठावान कांग्रेस र उनीहरुका परिवारका सदस्यहरु जिम्मेवारीबाट अलग हुनुपरेको छ। लामो समय योगदान गरेकाहरुले नै पार्टीमा काम गर्ने अवसर नपाउंदा पार्टीमा लगानी, त्याग, निष्ठा र समर्पण आबश्यक छ वा छैन भन्ने बारेमा पनि बहस हुन थालेको छ। यस्तै पिडा भोग्ने मध्येका थुप्रै मध्येमा पोखराको गैरापाटन बस्ने करुणानिधी कोइरालाका परिवारलाई पनि लिन सकिन्छ।

२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीको लागि पोखरा क्षेत्रमा आन्दोलनको उद्घोष पोखराको गैरापाटनस्थित करुणानिधि कोइरालाको घरबाट भएको थियो। सोहि घरमा प्रतिबन्धित कालमा कांग्रेसका नेताहरु आउने र बस्ने समेत गर्थे प्रजातन्त्र पुर्स्थापनाको लागी निरन्तर सक्रिय रहेका करुणानिधिको प्रजातन्त्र पुनर्बहाली पछि निधन भएपनि उनको परिवारका सदस्य राजेन्द्रनिधि कोइराला सहित अन्यले कांग्रेसमा महत्वपुर्ण जिम्मेवारी लिने प्रयास गरे। तर दुखमा कांग्रेस पार्टी र कांग्रेसका नेता कार्यकर्ताहरुलाई साथ् दिएका राजेन्द्रनिधी र उनको परिवारका सदस्यले पार्टीमा महत्वपुर्ण अबसर पाउन सकेनन । पटक पटकको अधिबेशनमा उनीहरुले गरेको प्रयास पार्टी भित्रको गुट उपगुटका कारण खासै सफल हुन सकेन।

कोइरालाका भाई भरत कोइराला पनि नेपाल तरुण दलको जिल्ला सदस्य बने। पार्टीको निष्ठावान कार्यकर्ता रहेपनि उनले समेत त्यो भन्दा माथिको जिमेवारी पाएनन। पारिवारिक बिरासत नेपाली काँग्रेससंग जोडिएको कारण कोइराला परिवारका सबै सदस्य प्रजातन्त्रप्रति समर्पित र नेपाली काँग्रेसमा निरन्तर सक्रिय छन। तर, सोही परिवारका अग्रज राजेन्द्रनिधीले पार्टीको जिम्मेवारी लिने कुरामा अपेक्षित् सफलता नपाएपछि कांग्रेस राजनीतिमा सक्रिय बन्ने प्रयास गरेकी शकुन्तला कोइराला (राजेन्द्रनिधी कोइरालाकी भाई बुहारी) ले पनि अपेक्षा गरे अनुरुप केहि पाउन नसकेको अबस्थामा यस पटक पनि उनि थोरै मत नपुगेपछि केन्द्रीय महाधिबेशन प्रतिनिधि बन्ने अवसरबाट बन्चित भएकी छन ।

प्रतिबन्धित कालमा आंफ्नो घरमा आउने कांग्रेस नेताहरुलाई घरमा सत्कार गरेकी शकुन्तला मुलुकमा गणतन्त्र बहाल हुनु अगाडी पोखरा -४ को वडा सदस्य निबाचित भएकी थिईन। त्यसपछि उनले वडा अध्यक्ष बन्ने प्रयास गरिन। तर, उनलाई पार्टीले उमेदवार बनाएन। त्यसपछि उनि पार्टीमा पनि काम गर्ने चाहनाले पटक पटक बिभिन्न चुनाबमा समेत सहभागी बनिन। तर पनि पार्टीमा पनि उनले महत्वपुर्ण जिम्मेवारी पाउन सकिनन। उनि एक कार्यकाल पार्टीको जिल्ला कार्यसमितिको सदस्य बनेको बेला पार्टीका विभिन्न गतिबिधि संचालन गर्नको लागि सम्भव भएसम्मको आर्थिक सहयोग समेत गरिन। तर, पार्टीले उनको चाहना अनुसारको वडाध्यक्ष वा समानुपातिक तर्फको कुनै तहको उमेदवार समेत बनाएन ।

उनले पछिल्लो समय पारिवारिक बिरासत धान्नको लागि आंफ्ना छोराहरुलाई राजनीतिमा सक्रिय बनाउने प्रयास नगरेकी पनि हैनन। उनका एक छोरा अभियान कोइराला बिगतमा नेविसंघको राजनीतिमा सक्रिय रहेकोमा पछिल्लो समय करिब निष्क्रिय जस्तै देखिएका छन भने कान्छा छोरा संघर्ष कोइराला पार्टीको १४ औं महाधिबेशनमा पार्टीको पोखरा महानगरसमितिको सहसचिब निर्बाचित भएकोमा यसपटक पालिका र क्षेत्र तहसम्मको अधिबेशनमा सहभागी बनेनन।

हुन त, करुणानिधिका जेठा छोरा राजेन्द्रनिधी कोइराला केहि बर्षदेखी कांग्रेसको राजनीतिमा करिब निष्क्रिय जस्तै बनेपछि उनका छोरा शुभाष कोइराला समेत कांग्रेसको राजनीतिमा सकृय बन्न चाहेका थिए। नेविसंघको जिल्ला संयोजक समेत भएर काम गरेका उनले पार्टीको राजनीतिमा भने खासै अवसर पाउन सकेनन। जसका कारण अहिले उनि शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसको कास्की जिल्ला समितिको सदस्यको जिम्मेवारीमा छन भने उनकी श्रीमती इनु कोइराला कांग्रेसको पोखरा महानगर समितिको सदस्यको जिम्मेवारीमा थिईन।

‘यसपटकको कांग्रेसको महाधिबेशनमा कांग्रेसका निष्ठावान कार्यकर्ताहरुको तुलनामा स्वार्थी र अबसरबादी कार्यकर्ताहरुको बाहुल्यता देखियो, कतै डनबाद र कतै धनबाद हावी हुन पुग्यो जसका कारण पार्टीमा लामो समय काम गरेका पुराना र निष्ठावान नेता र कार्यकर्ताहरु पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने अबस्था सिर्जना हुनपुग्यो।’ पंचायती ब्यबस्थाबिरुद्ध जेल र यातना भोगेका एक कार्यकर्ताले गुरुकुल खबरसंग भने। उनका अनुसार बिगतमा पंचायत बिरुद्ध लडेका, संघर्ष गरेका जेलनेल भोगेका निष्ठावान र इमान्दार नेता कार्यकर्ताहरुको कारण संगठनको गरिमा बढेको थियो तर अहिले अबसरको खोजी गर्ने जमात पार्टीमा हावी हुन पुगेको र उनैलाई पार्टीको माथिल्लो जिम्मेवारीमा रहेकाहरुले अवसर दिने प्रवृति बढेको छ, जसले गर्दा कांग्रेस भित्र बिकृति र विसंगती पनि बढेको छ।

पार्टी भित्र बिकृति र विसंगति बढ्नु र डनबाद र धनबाद हावी भएको भन्दै सामाजिक संजाल मार्फत केहिले कांग्रेसको सक्रिय राजनीतिबाट बिश्राम लिने उद्घोष गरेका छन भने कतिपयले चरम असन्तुष्टी ब्यक्त गरिरहेको छन। कांग्रेसको बिशेष महाधिबेशनबाट गगन थापा नेतृत्वमा आएपछि निकै उत्साहित बनेकी युवा कांग्रेस अम्बिका भट्टराईले असन्तुष्टि पोखेकी छन। ‘सुधारिएको कांग्रेस कि पदको लुछाचुँडी भन्ने प्रश्न गर्दै सामाजिक संजालमा उनले लेखेकी छन ‘कास्की क्षेत्र नं. १ का नेपाली कांग्रेसका नेतागणले जुन किसिमको राजनीतिक अभ्यास देखाउँदै हुनुहुन्छ, यसले पार्टीभित्रको ‘सुधारिएको र परिवर्तनकारी’ भनिएको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ। नेता बन्ने वा बनाउने दौडमा जसरी राजनीतिक अनुशासनलाई किनारा लगाइएको छ, यो कांग्रेसजनका लागि मात्र होइन, समग्र लोकतान्त्रिक संस्कृतिको विडम्बना हो।’

उनले अगाडी लेखेकी छन ‘सिद्धान्त, विधि र नैतिकताको पाठ सिकाउनेहरू नै जब पदीय स्वार्थका लागि अनुशासनको धज्जी उडाउँछन्, तब जनताले कसरी विश्वास गर्ने ? भाषणमा ‘सुधार’ र व्यवहारमा ‘मनोमानी’ गर्ने प्रवृत्तिले न पार्टी बलियो हुन्छ, न त लोकतन्त्र। समय अझै छ, आत्मालोचना गरियोस् र कार्यकर्तालाई सही राजनीतिक संस्कारको गतिलो उदाहरण प्रस्तुत गरियोस्।’

सामाजिक संजालमा भट्टराईको जस्तो पिडा र आक्रोश पोख्ने कांग्रेसजनको संख्या उल्लेखनीय देखिन्छ। यस अगाडी कांग्रेसको महाधिबेशन प्रतिनिधि रहेकी रंगिला आचार्यले लेखेकी छन ‘इमान बेच्ने, धाँधली गर्ने र एकछापेले नै हो राजनीति गर्ने- यिनैले नै कांग्रेस पार्टी र जनतालाई न्याय गर्छन, सबैको मंगल होस, जयनेपाल।’ निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पनि यस पटक महाधिबेशन प्रतिनिधिमा पराजित भएकी छन।

यसैगरी पोखरा -२६ का वडासदस्य समेत रहेका कांग्रेस कार्यकर्ता सुदीपराज ढुंगानाले घन्टीमा मत माग्नेहरू अहिले कांग्रेसको जिम्मेवारीमा भन्दै सामाजिक संजालमा लेखेका छन, ‘बदलियो काङ्ग्रेस, बदल्छौ देश हैन त ? यो नाराको उपहास राम्रै भयो नि ? हिजो घण्टीमा खुलेआम भोट हाल्नेहरु आज काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि र नेतृत्वमा। १२ औ महाधिवेशनमा पनि लागेको थिएन होला ९७२ भोट गन्न ४ दिन,  लाजको पसारो !’

‘आज सबै सच्चा काङ्ग्रेसले सोध्ने एउटै प्रश्न हो ‘हिजोको काङ्ग्रेस र आजको काङ्ग्रेसमा फरक के छ ? हामीलाई जबाफ चाहिन्छ। कुन लोकतन्त्रले भन्छ ? उमेदवार र उसको प्रतिनिधि नभईकन मत पेटिका खोल्ने र मतपत्र सटिङ गर्ने काम गर्न मिल्छ भनेर ? अनि मुठा पारेर खोल्ने र नाट्क मंचन गर्ने ? एउटा माघले जाडो जाँदैन, अर्को माघ पनि आउँछ, बेलैमा चेतना भया।’ ढुंगानाले आक्रोश पोख्दै लेखेका छन

कास्की -२ को निर्बाचनमा त फर्जी मतपत्र र फर्जी मतदाता खडा गरेर मतदान गरिएको आरोप लगाउंदै क्षेत्रिय सभापति र प्रदेश सभापतिका उमेदवारहरुले कांग्रेस पार्टी र निर्बाचन समितिमा उजुरी समेत दिएको तर कुनै सुनुवाई नभएको भन्दै न्यायको लागि संबैको सहयोगको अपेक्षा गरेका छन।

सम्बन्धित समाचार ..

कांग्रेस नेता सिग्देलको प्रश्न- फर्जी मतदाता र मतपत्रको बारेमा सप्रमाण उजुरी दिंदा पनि केन्द्रीय नेतृत्व किन मौन?

राष्ट्रपति पुत्री संज्ञा पोखरेलसहित कास्की कांग्रेसका पदाधिकारी, वडाध्यक्ष र अन्य नेताको हार, को को हारे ?

कास्की -२ मा गोलाप्रथाबाट कांग्रेसको महाधिबेशन प्रतिनिधी बने ‘शोभाचन्द्र’ तर निराश छैनन ‘गोमा सुबेदी’

क्षेत्रिय सभापतिका उमेदवार सिग्देलद्वारा पुन:निर्बाचनको माग, प्रबक्ता चालिसे मतियार बनेको आरोप

 

कास्की- १ मा कांग्रेस महाधिबेशन प्रतिनिधिको चुनाब: परियार पहिलो र केसी दोश्रो, अन्य को को?

कांग्रेस अधिबेशन: कास्की -२ को निर्बाचनमा बिभिन्न क्लस्टरबाट को को चुनिए महाधिबेशन प्रतिनिधि ?

कास्की -२ मा गोलाप्रथाबाट कांग्रेसको महाधिबेशन प्रतिनिधी बने ‘शोभाचन्द्र’ तर निराश छैनन ‘गोमा सुबेदी’

१६ आश्विन २०८३, शुक्रबार २१:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा