Play

कास्की -२ मा गोलाप्रथाबाट कांग्रेसको महाधिबेशन प्रतिनिधी बने ‘शोभाचन्द्र’ तर निराश छैनन ‘गोमा सुबेदी’

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. २ को अधिबेशनबाट प्रजातन्त्र सेनानीको क्लस्टरबाट महाधिबेशन प्रतिनिधिको चयन गोलाप्रथा बाट गरिएको छ। उक्त क्लस्टरबाट महाधिबेशन प्रतिनिधिको उमेदवार बनेकी गोमा कोइराला सुबेदी गोला प्रथाबाट पराजित हुन पुगिन। निरन्तर कांग्रेसमा सक्रिय गोमा कोइराला सुबेदी कांग्रेसका पुराना नेता लिला सुबेदीका धर्मपत्नी हुन।

पोखराको सिद्दार्थचोक निबासी सुबेदी पारिवारिक प्रेरणाको कारण निरन्तर राजनीतिमा सक्रिय छन। उनि यस अगाडी पोखरा महानगरपालिका -४ को निर्बाचित वडा सदस्य रहेर पनि काम गरेकी थिईन। उनले स्थानीय आमासमुह, टोल बिकास संस्था र कांग्रेसको क्षेत्रिय समितिमा समेत रहेर काम गरेको भएपनि यस पटक महाधिबेशन प्रतिनिधि बन्ने उनको चाहना भने अन्तिम अबस्थामा पुगेर रोकियो । उनलाई राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील रहन उनका श्रीमान लिला सुबेदी सहित छोरा, छोरीहरुको पनि साथ र समर्थन रहँदै आएको छ।

प्रजातन्त्र सेनानी, द्वन्द पिडित क्लस्टरबाट महाधिबेशन प्रतिनिधिको उमेदवार बनेकी गोमा र अर्का उमेदवार शोभाचन्द्र बराल दुबैले १३५ मत प्राप्त गरेका थिए। हुन त यस क्लस्टरमा १ जनामात्र चाहिने भएपनि बराल र सुबेदीसहित विष्णुप्रसाद पौडेल र ज्ञानबहादुर कार्कीसमेत गरेर चारजना उमेदवारहरु बिचमा प्रतिष्पर्धा भएको थियो। पौडेलले ११७ र कार्कीले ८९ मत पाउँदा बराल र सुबेदी दुवै जनाको १३५ मत भएकोले  गोलाप्रथाबाट कुनै एकलाई बिजेता घोषणा गर्ने सहमती भएअनुसार नै निर्णय गरिएको थियो।

शुरुमा गोला तानेका शोभाचन्द्र बरालले नै महाधिबेशन प्रतिनिधि बन्ने अवसर प्राप्त गरे। गोला प्रथाबाट महाधिबेशन प्रतिनिधि चुनिएका बराल पनि लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन। प्रजातन्त्र सेनानीको रुपमा परिचित बरालले यस अगाडी नै कांग्रेसको कास्की -२ को क्षेत्रिय सभापति समेत रहेर काम गरिसकेका छन।

बराल र सुबेदी दुबैको बराबर मत आएपछि सुबेदीलाई आँफु भन्दा अग्रजसंग कसरी गोला तान्ने र जीतहारको निर्णय गर्ने भन्ने चिन्ता लागेको थियो। मलाइ गोला पर्यो भने अग्रजको अनुहारमा पिडा आउने हो कि ? भन्ने चिन्ताको बिचमा सुबेदीले बराललाई नै गोला थुत्न लगाएकी थिईन। संयोगले बराललाई नै महाधिबेशन प्रतिनिधि बिजेता घोषित हुने गोला पर्यो, आँफु भन्दा अग्रज व्यक्तित्व गोलाप्रथाबाट बिजेता भएकोमा सुबेदी भने खुसि छन।

नतिजा सार्बजनिक भैसकेपछि गुरुकुल खबरसंग कुरा गर्दै उनले भनिन ‘गोला लिने समयमा नै आंफुले बुवा समानको मान्छेलाई सम्मान गर्दै शुरुमा गोला तान्न लगाएकी थिए र वहाँ बिजेता घोषणा भएकोमा पनि मलाइ आनन्द भयो, मैले आँफुभन्दा अग्रजबाट आशिर्बाद लिन पाएँ, शोभाचन्द्र बराल बुवाले महाधिबेशन प्रतिनिधि पद पाउनुभयो।’

उनीहरु दुई जनाले गोला प्रथाबाट निर्णय गर्दाको भिडिओ सामाजिक संजालमा धेरैले हेरेका छन।

१५ आश्विन २०८३, बिहीबार १६:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा