Play

भारतबाट एक हजार बढी अतिथि बोकेर हिंडेको रेल नेपालको जनकपुरधाममा आइपुग्यो, फेरी भारतमै फर्किने

गुरुकुल खबर


जनकपुरधाम, भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उक्त रेल यात्राको शुभारम्भ गरेका थिए  त्यसपछि अयोध्याबाट गुडेको रेल मङ्गलबार बिहान ९ः४० बजेको समयमा जनकपुरधाम आइपुगेको हो ।

रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्ति तथा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी थिए । उनीहरुलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले जनकपुरधाममा स्वागत गरेका थिए । अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम समेत आयोजना गरिएको थियो ।

नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले भारतबाट रेलमा आएका अतिथिलाई स्थानीय जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर लगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।  पराजुलीका अनुसार उक्त रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिएर त्यसपछि अतिथिहरुलाई बोकेर पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्ने कार्यतालिका सार्बजनिक भएको छ ।

८ मंसिर २०८३, मंगलवार १७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा