Play

क्षेत्रिय सभापतिका उमेदवार सिग्देलद्वारा पुन:निर्बाचनको माग, प्रबक्ता चालिसे मतियार बनेको आरोप

क्षेत्रिय सभापतिमा नबिन बराल, प्रदेश सभापतिमा भोजराज आचार्य र अमृत तिमिल्सिना बिजयी


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्की क्षेत्र न. २ को सभापतिका प्रत्याशी शुभाष सिग्देलले अधिवेशनका क्रममा अबैध मतपत्र प्रयोग गरेर मतदान गरिएको आरोप लगाउंदै उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न माग गरेका छन। मतगणनाको अन्तिम परिणाम अनुसार ७ मतले पछाडी परेका सिग्देलले एक बिज्ञप्ती मार्फत त्यस क्षेत्रमा पुन निर्बाचन गरिएमात्र लोकतान्त्रिक मूल्य, पार्टीको विधान र निर्वाचन प्रक्रिया प्रतिको जनविश्वास कायम राख्न मद्दत पुग्ने जनाएका छन। त्यस क्षेत्रमा गणेशबहादुर कार्कीलाई निर्बाचन अधिकृत बनाइएको थियो।

मतगणनामा निर्बाचन अधिकृतको हस्ताक्षर नभएका ३२ भन्दा बढी मतपत्र भेटिनु र त्यसलाई नै बैध मानेर निर्बाचन परिणाम घोषणा गर्ने धृष्टता गरिनु नेपाली काँग्रेसको कुनै पनि नेता कार्यकर्ता र पार्टी संगठनको लागि सुहाउने कुरा हैन भन्दै उनले कांग्रेसको केन्द्रीय प्रबक्ता समेत रहेका देवराज चालिसेको क्षेत्रमा यस किसिमको अबैध कामलाई बैध बनाउन खोज्नु सबैको लागि दुर्भाग्य भएको गुरुकुल खबरलाई बताए।

‘केन्द्रीय प्रबक्ता समेत यस्तो क्रियाकलापको साक्षी बस्नु र त्यसलाई मान्यता दिएर निर्बाचन परिणाम घोषणा गर्न दवाब दिने कुराप्रति गम्भीर असहमति र घोर विरोध व्यक्त गर्दछु।’ सिग्देलले भनेका छन। ‘निर्वाचनसम्बन्धी प्रचलित नियम तथा व्यवस्था अनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता श्री देवराज चालिसेज्यूले हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिने निर्णयप्रति मेरो गम्भीर असहमती छ।’ उनले बिज्ञप्तीमा उल्लेख गरेका छन।

यसैबीच सोहि क्षेत्रको प्रदेश ख बाट सभापतिको उमेदवार बनेका सुबर्ण केसीले आंफुले यस अगाडिका महाधिबेशनमा पनि भाग लिएको तर यस पटकको जस्तो चरम गुटबन्दी र परिवारवाद यस अगाडी नदेखेको गुरुकुल खबरलाई बताए। ‘यसपटक मेरो प्रतिष्पर्धीले आंफ्नो एकाघरका ३/४ जना प्रतिनिधि बनाएर ल्याएको रहेछन। त्यति मात्र नभएर निर्बाचनमा खटिएका कर्मचारीलाई प्रभावमा पारेर नक्कली मतपत्र मतपेटिकामा खसाल्ने काम समेत गरियो। यसकिसिमको अबैध काम र गुटबन्दीको मतियार केन्द्रीय प्रबक्ता चालिसे नै बन्नु दुर्भाग्य हो’ केसीले भने।

कसले कति मत पाए ?

यस क्षेत्रमा क्षेत्रीय सभापति पदमा नबिन बराल बरालले १४९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सुभाष सिग्देलले १४२ मत पाएका छन यसैगरी अर्का प्रतिष्पर्धी देवराज आचार्यले १३१ मत र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरेको बुझिएको छ। कूल ५५४ जना प्रतिनिधि रहेको यस क्षेत्रीय निर्वाचनमा ५४० मत खसेको थियो।

यसैगरी कास्की २ क को सभापतिमा भोजराज आचार्यले १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी अर्जुन पोख्रेलले १२३ मत ल्याए। यस प्रदेश सभा क्षेत्रमा कूल २५६ मत खसेको थियो। यसैगरी कास्की २ ख को सभापति पदमा अमृत शर्मा तिमिल्सिना १४८ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी दीपेन्द्र मर्सानीले १०० मत र सुबर्ण केसीले ३३ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा कूल २८४ मत खसेको थियो।

सिग्देलले जारी गरेको बिज्ञप्तीको पूर्ण पाठ

आदरणीय सञ्चारकर्मी मित्रहरू तथा नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकहरू,
नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचनका क्रममा ३२ भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

निर्वाचनसम्बन्धी प्रचलित नियम तथा व्यवस्थाअनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता श्री देवराज चालिसेज्यूले हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिने निर्णयप्रति म आफ्नो गम्भीर असहमति र घोर विरोध व्यक्त गर्दछु।

निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम गर्नु लोकतान्त्रिक अभ्यासको मूल आधार हो। निर्वाचनका स्थापित नियम र विधिलाई बेवास्ता गरी गरिएको यस्तो निर्णयले निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

अतः उक्त निर्णयको पुनरावलोकन गरी निर्वाचन प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र पारदर्शी बनाउन तथा सम्पूर्ण मतदाताको मताधिकार र विश्वासको सम्मान गर्न म जोडदार माग गर्दछु।

मेरो स्पष्ट माग छ—उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गरियोस्। यसले मात्र लोकतान्त्रिक मूल्य, पार्टीको विधान र निर्वाचन प्रक्रियाप्रतिको जनविश्वास कायम राख्न मद्दत गर्नेछ। म नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विधिको शासन र निष्पक्ष निर्वाचनप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छु।

धन्यवाद!

सुबास सिग्देल
उम्मेदवार
क्षेत्रीय सभापति पद
नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २

१४ आश्विन २०८३, बुधबार १०:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा