Play

कांग्रेस अधिबेशन: कास्की -२ को निर्बाचनमा बिभिन्न क्लस्टरबाट को को चुनिए महाधिबेशन प्रतिनिधि ?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र न. २ को अधिबेशनले बिभिन्न क्लस्टरबाट महाधिबेशन प्रतिनिधि चयन गरेको छ जस अनुसार खस आर्य खुल्ला तर्फको दुईजना केन्द्रीय महाधिबेशन प्रतिनिधि सिटका लागि भएको चुनावमा मदन बस्नेतले २१८ र दामोदर चालिसेले १८१ मत पाएर बिजयी भएका छन भने खस आर्य महिलातर्फको दुई सिटमा कुमारी मुना बास्तोलाले २९२ मत र दुर्गादेवी केसीले १९१ मत पाएर निर्बाचित बनेको छन ।

महिलातर्फको चारजना केन्द्रीय महाधिबेशन प्रतिनिधिमा ९ जनाको बिचमा प्रतिष्पर्धा भएकोमा लक्ष्मी पाण्डेले ३०२ मत. नम्रता बरालले २७७ मत, कोपिला तिवारीले २३४ मत र शारदा गिरीले २२४ मत पाएर विजयी भएका छन । यो पदमा संविधान सभा सदस्य बृन्दादेवी आले मगर लगायतका अन्य महिला नेतृ पराजित बनेका छन।

यसैगरी आदिवासी जनजाति खुल्लातर्फको दुई सिटमा लीलकाजी गुरुङ र बलबहादुर रानामगर (महतगौंडे कान्छा) विजयी भएका छन ।गुरुङले २४५ मत र मगरले १८७ मत पाएको छन।

युवा खुल्लातर्फको दुई सिटमा सौगात थापा र गौरव बराल महाधिवेशन प्रतिनिधि चुनिए । जसअनुसार थापाले २१४ र बरालले १७२ मत प्राप्त गरेका थिए। अपांगतातर्फको एक सिटमा विष्णु सिग्देल विजयी बने । उनले २६६ मत पाएर बिजयी हुँदा उनका प्रतिद्वन्दी राधाकृष्ण गुरुङले २२४ मत मात्र पाएका थिए।

प्रजातान्त्र सेनानी तथा सहिद परिवारतर्फको एक सिटमा गोमाकुमारी कोइराला र शोभाचन्द्र बराल दुवै जनाको बराबर अर्थात १ सय ३५ मत आएकोमा गोलाप्रथा बाट शोभाचन्द्र बराल बिजयी भए। त्यस पदमा ४ जनाको बिचमा प्रतिष्पर्धा भएको थियो ।

मुस्लिमतर्फ अब्दुल मजित मियाले १६१ मत पाएर निर्बाचित हुँदा उनका प्रतिद्वन्दीहरु हारुन खान पैठानले १५० र बिरेन्द्र मण्डलले १४८मतमा चित्त बुझाउनुपरेको थियो। श्रमिकतर्फको एक सिटमा तीनजना प्रतिष्पर्धीलाई पछाडी पार्दै माधवप्रसाद बराल १५३ मत पाएर बिजयी भए । पेसागत तथा बुद्धिजीवीतर्फ १ सिटमा शिरशकुमार बास्तोला २०४ मत सहित विजयी भएका छन् ।

सम्बन्धित समाचार ..

कास्की-२ बाट कांग्रेस महाधिबेशन प्रतिनिधि चयन, खुलातर्फ देबराज चालिसेलाई सर्बाधिक मत, किरण केसी दोश्रो र बिन्दु थापा तेश्रो

१५ आश्विन २०८३, बिहीबार १५:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा