Play

पोखराक्लो लेकसाइडमा ग्याङफाइट गरि प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने पाँचजना पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ग्याङफाइट गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते राती साढे १२ बजेतिर लेकसाइडको स्ट्रिट नम्बर १६ मा ग्याङफाइट गर्दै  झै–झगडा तथा कुटपिट भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा पोखराको १४ चाउथेका ३० वर्षीय नीरज शर्मा, चाउथेकै २८ वर्षीय विराज अधिकारी, २५ वर्षका टुकबहादुर गुरुङ र २२ वर्षका मनोज पुन छन् । यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका ४ का २३ वर्षीय सन्दीप थापा पनि उनिहरुसंगे पक्राउ परेका छन् ।

घटनामा सलग्न युवाहरुलाई प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

३ मंसिर २०८३, बिहीबार १०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा