Play

कार्कीको रिटमा अन्तरिम आदेश दिन अदालतद्वारा अस्विकार

गुरुकुल खबर


काठमाडौं, नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको लिखित कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

यसैगरी अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्नका लागि विपक्षीहरूलाई अदालतमा झिकाउने निर्णय भएको छ । विपक्षीहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय रहेका छन् ।

बालेन्द्र शाह सरकारले मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । सरकारको सोही निर्णयविरुद्ध कार्की अदालत पुगेका हुन् । प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको उनको दाबी छ । पुरानै पदमा पुनर्बहाली गरिनुपर्ने र नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउनुपर्ने माग गर्दै उनले रिट दायर गरेका थिए । आफूलाई हटाइएको निर्णयको कार्यान्वयन रोकियोस् भन्ने उनको मुख्य माग रहेको थियो ।

सुनुवाइको क्रममा कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल र दिनमणि पोखरेलले बहस गरेका थिए । त्यसैगरी अधिवक्ताहरू टीकाबहादुर कुँवर र माधव बस्नेत लगायतले पनि अन्तरिम आदेशको पक्षमा बहस गर्दै अदालतमा पैरवी गरेका थिए ।

३ मंसिर २०८३, बिहीबार ०७:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा