Play

पोखराका बरिष्ठ अधिबक्ता ढकाललाई डिएलएओ कार्यबाहक अध्यक्षको जिम्मेवारी

गुरुकुल खबर


पोखरा, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ अधिवक्ता समेत रहेका संस्थाक बरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले पाएका छन्। संस्थाको अध्यक्ष रहेका वरिष्ठ अधिवक्ता सीताराम केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीको जिम्मेवारी लिन पुगेपछि उनले ढकाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्।

बरिष्ठ अधिबक्ता ढकाल पोखरामा रहेर लामो समयदेखि कानुन व्यवसायीको रुपमा क्रियाशील छन । उनले नेपाल बार एसोसिअसन र डेमोक्रेटिक लयर्स एसोसिअसन लगायतका संस्थाको बिभिन्न जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन ।

संस्थाको संस्थागत निरन्तरता, गरिमा, एकता र कार्यसम्पादनमा कुनै अवरोध नआओस् भन्दै केसीले कार्तिक ३० गतेबाट लागु हुनेगरी अध्यक्षको जिम्मेवारी ढकाललाई दिएका हुन्। डिएलए नेपालको एघारौँ महाधिवेशन २०८० जेठमा सम्पन्न भएको र बाह्रौँ महाधिवेशन २०८३ भदौ १९ गतेका लागि तय गरिएको भएपनि भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण महाधिवेशन स्थगित हुन पुगेको थियो।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका ढकालले यथाशीघ्र बाह्रौँ महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारीसहित संस्थाभित्र एकता र सहकार्य कायम गर्नुपर्ने दायित्व आएको छ। अध्यक्ष केसीले पत्रमार्फत आफ्नो कार्यकालमा संस्थाको हित, एकता, सुदृढीकरण तथा कानुन व्यवसायीहरूको पेसागत हकहित र अधिकार संरक्षणलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरेका छन्। उनले संस्थाको उद्देश्य र मूल्यमान्यतालाई आत्मसात् गर्दै क्षमताले भ्याएसम्म योगदान दिएको स्मरण गरेका छन।

१ मंसिर २०८३, मंगलवार १०:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा