पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ बाट चुनिने खुला तर्फका १० जना केन्द्रीय महाधिबेशन प्रतिनिधि मध्ये देबराज चालिसेले सर्बाधिक मत पाएर बिजयी भएका छन । नेपाली कांग्रेसको केन्द्रीय प्रवक्ता समेत रहेका देवराज चालिसेले ३९४ मत पाएर विजयी भएका छन् । चालिसेले आंफ्नो समुहमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको समुहलाई समेटेर प्यानल बनाएका थिए।
अरुबेला एक आपसमा कहिल्यै नमिल्ने चालिसे र शर्माको मिलन अधिबेशनमा भने आंफ्नो गुट वा प्यानललाई जिताउनको लागि हुने गरेको छ। यसपटक चालिसेको समूहसंग गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले प्यानल बनाएर प्रतिष्पर्धा गरेको भएपनि अन्तिम अबस्थामा थापाले पनि आँफु र आंफ्नो निकटका १/२ जनाको जीत सुनिश्चित गर्न आंफुले बनाएको प्यानललाई समेत धोका दिएको चर्चा समेत चलेको छ।
यसपटक चालिसेपछि दोश्रो स्थानमा पोखराका युवा उधमी किरण केसी पुगेका छन। उनले ३६२ अर्थात चालिसेको भन्दा ३२ मत कम पाएका थिए। केसी पछिको तेश्रो स्थानमा बिन्दु थापा पुगेका छन । उनले किरण केसीको भन्दा २७ मत कम अर्थात ३३५ मत पाएको थिए।
यसैगरी पुर्व महासमिति सदस्य विरेन्द्रनारायण विजुक्छेले ३१४, पार्टीको गण्डकी प्रदेशका प्रबक्ता माधवप्रसाद बास्तोला मधुले २९८, पुर्व महाधिबेशन प्रतिनिधि विजयराज आचार्यले २४८, निबर्तमान प्रदेश सभापति दिनेश आचार्यले २४३, निबर्तमान क्षेत्रिय सभापति केशरप्रसाद निर्देर्षीले २१३, पार्टीका पुर्व जिल्ला सहसचिब मुकुन्द बास्तोला ज्वालाले २०८ र कलाकार चोलेन्द्र पौडेलले १९० मत पाएर बिजयी भएको छन। खुला १० जना केन्द्रीय महाधिबेशन प्रतिनिधिको लागि कास्की क्षेत्र न. २ मा २४ जनाको बिचमा प्रतिष्पर्धा भएको थियो















