पोखरा, कास्की जिल्लाको बिभिन्न भागमा बसोबास गर्ने नेवार जातीको संस्था नेवा खल कास्कीको अध्यक्षमा पोखराका ब्यबसायी एबम शिक्षासेवी अशोक पालिखे पुनः चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् । अध्य्क्षमा निर्बाचित पालिखे पोखराका प्रतिष्ठित ब्यबसायी एबम शैक्षिक् व्यक्तित्व समेत हुन।
अधिवेशनबाट निर्बाचित कार्यसमिति सदस्यहरूमा विक्रम उदास, शम्भुलाल श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, भैरवलाल श्रेष्ठ र चन्द्रबहादुर राजभण्डारी रहेको बताइएको छ । यस्तै कल्पना श्रेष्ठ, शान्तकुमार श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, ऋषभ तिमिला र प्रकाशलाल श्रेष्ठ पनि सदस्यमा निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष पालिखेले निर्वाचित सदस्यहरूमध्येबाटै पदाधिकारी मनोनयन गरेका छन् । उनले उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र सबिन्द्र श्रेष्ठलाई मनोनयन गरे । यस्तै महासचिवमा भैरवलाल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी र सचिवमा शम्भुलाल श्रेष्ठ मनोनित भए ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पालिखेले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए । सबै जातीय संस्थासँग सहकार्य गरेर गरिएका कार्यक्रम प्रभावकारी भएको उनले दाबी गरे । संस्था मार्फत नेवारी कला संस्कृतिको संरक्षणमा निरन्तर काम गरिरहेको उनको भनाइ थियो । उद्घाटन सत्रको सञ्चालन महासचिव कृष्ण कतिलाले गरे ।
कार्यक्रममा नेवा खल कास्कीका कार्यसमिति सदस्य, सल्लाहकार, संस्थागत र पदेन तथा आमन्त्रित सदस्यहरूको उपस्थिति थियो । यस्तै नेवा ल्याम्ह पुच, नेवा मिसा पुच, नेवा पत्रकार पुच र नेवा झिगु भाय झिगु संस्कृतिका प्रतिनिधि सहभागी भए । कास्की जिल्लामा रहेका कच खल, पुच खल, नेवा टोल समिति र ताया मचा नाच समिति लगायतका संस्थाबाट पनि सहभागिता रहेको थियो ।
दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा निरञ्जन श्रेष्ठ, सुरसकुमार मानन्धर र संगीता बज्राचार्य रहेको निर्बाचन समितिले निर्बाचन प्रक्रिया सम्पन्न गरेको बताइएको छ














