पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की क्षेत्र न. १ को महाधिबेशन प्रतिनिधिको निर्बाचनको मतगणना सकिएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री समेत रहेका केन्द्रीय सदस्य जिबन परियारले सर्बाधिक मत पाएर बिजयी भएका छन।
खुला तर्फका १० जना महाधिबेशन प्रतिनिधिको लागि भएको निर्बाचनमा २४ जनाको बिचमा प्रतिष्पर्धा भएकोमा अर्का केन्द्रीय सदस्य कृष्ण केसी, अर्का केन्द्रीय सदस्य तिलक रानाभाट र कास्की कांग्रेसका सभापति किशोरदत्त बराल समेत बिजयी भएका छन ।
निर्बाचनको परिणाम अनुसार राजेन्द्रमणि लामिछाने, दीपक गुरुङ, भानुभक्त ढकाल, नबिन सिग्देल, बुद्धिमान गुरुङ पनि महाधिबेशन प्रतिनिधिमा बिजयी भएका छन। खुला तर्फका उल्लिखित बिजेताहरु सहित अन्य क्लस्टरबाट विजयी एबम अन्यले पाएको मत यसप्रकार रहेको छ ।


















