पोखरा, नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिबेशनबाट पोखराका तिनजना यातायात ब्यबसायीहरु महासंघको नयाँ कार्य समितिको पदाधिकारीमा निर्बाचित भएका छन। जसअनुसार महासंघको बरिष्ठ उपाध्यक्षमा पोखराका ऐनकुमार साईले ७ सय ४९ मत र केदार पौडेलले ५ सय ७९ निर्बाचित भएका छन भने उपमहासचिब पदमा पनि पोखराका भानुभक्त बराल ७ सय ६१ मत पाएर निर्बाचित भएका छन।
महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला ‘सरोज’ फराकिलो मतान्तरसहित बिजयी भएका छन। अध्यक्षमा बिजयी सिटौलाले १ हजार ३० मत प्राप्त गर्दा उनका एकमात्र प्रतिद्वन्दी हरिशरण केसीले ४ सय ६४ मत मात्र प्राप्त गरेका थिए।

बरिष्ठ उपाध्यक्षमा बिजयी पोखराका ऐनकुमार साई यस अगाडी पनि बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए भने केदार पौडेल महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारीमा थिए। उपमहासचिब पदमा बिजयी भानुभक्त बराल यस अगाडी महासंघको सचिब पदमा कार्यरत थिए।
महासंघको बिधान अनुसार ३ जना बरिष्ठ उपाध्यक्ष रहनेमा ६ जनाको बिचमा प्रतिष्पर्धा भएको थियो। जस अनुसार सबैभन्दा बढी ८ सय २६ मत प्राप्त गरेर सानु काजी प्रजापती पहिलो नम्बरको बरिष्ठ उपाध्यक्ष निर्बाचित भए भने ७ सय ४९ मत प्राप्त गरेर ऐनकुमार साई र ५ सय ७९ मत प्राप्त गरेर केदार पौडेल क्रमश दोश्रो र तेश्रो बरिष्ठ उपाध्यक्ष निर्बाचित बन्न सफल भए।
बरिष्ठ उपाध्यक्ष पदका अन्य उमेदवारहरु राजेन्द्र रिजालले ४ सय ९७, सुनिल कुँवरले ४ सय ९१ र गोकर्ण प्रसाद पराजुलीले ४ सय १५ मत ल्याएपनि पराजित हुन पुगे।
महासंघको कार्यसमितिमा ७ जना उपाध्यक्षको ब्यबस्था रहेकोमा १३ जना उमेदवारको बिचमा प्रतिष्पर्धा भएको थियो। जस अनुसार चन्द्रा ओझाले ७ सय ८३ मत, डम्बरराज पन्तले ६ सय ९३ मत, आत्माराम थापाले ६ सय ३१ मत, कान्छाराम थिङ्गले ६ सय १० मत, कान्छाराम बलले ५ सय ८५ मत, जितबहादुर भारतीले ५ सय ५६ मत र रामप्रसाद सुवेदीले ५ सय ३९ मत ल्याएर उपाध्यक्षमा बिजयी हुन सफल भए ।
उपाध्यक्षहरुको प्रतिष्पर्धामा रवि रिमालले ५ सय ३५ मत, रुपकलाल श्रेष्ठले ५ सय ६ मत, रामशशी पाण्डेले ४ सय ९१ मत, राजेन क्षेत्री कँडेलले ४ सय ५३ मत, डिलबहादुर ढुंगाना क्षेत्रीले ३ सय ४० मत र लिलाबहादुर गुरुङले ३ सय १३ मत मात्र प्राप्त गरेकोले पराजित हुन् पुगे ।
महासंघको मालबाहक तर्फको एकजना उपाध्यक्षमा यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर बिजयी भए भने उनका निकटतम एकमात्र प्रतिद्वन्दी नविन प्रजापतीले ६३ मत प्राप्त गरे ।
महासंघको नयाँ कार्यसमितिको एकजना महासचिवमा डेकनाथ गौतमले ६ सय ९८ मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्वन्दीहरु ज्ञानेन्द्र श्रेष्ठले ४ सय ८९ र शम्भुप्रसाद रिजालले २ सय ८३ मत मात्र प्राप्त गरेर पराजित बन्न पुगेका छन ।
कार्यसमितिमा आबश्यक तीनजना उपमहासचिवमा देविन श्रेष्ठले ८ सय ४१, भानुभक्त बरालले ७ सय ६१ र पुरुषोत्तम सिंखडाले ६ सय १३ मत ल्याएर बिजयी भएका छन । उपमहासचिब पदमा ५ जनाबीच प्रतिष्पर्धा भएकोमा रजन रोक्काले ५ सय ६२ र मनप्रसाद आचार्यले ४ सय ९७ मत मात्र ल्याएकोले पराजित बन्नुपरेको थियो ।
यसैगरी तीनजना सचिव पदमा उमेश केसीले ५ सय ९९, चेतप्रसाद गौतम (अर्जुन)ले ७ सय ६१ र टंकप्रसाद बस्यालले ६ सय १३ मत ल्याएर बिजयी बनेका छन । सचिब पदमा ७ जनाको बीच भएको प्रतिष्पर्धामा जीवनकुमार बञ्जाडेले ५ सय १८, नारायणप्रसाद भट्टराईले ४ सय ७०, मानबहादुर सावदले २ सय ७८ र विक्रम गिरीले २ सय ६३ मत ल्याए पनि पराजित भएर बस्नुपर्यो ।
महासंघको एकजना कोषाध्यक्ष पदमा राजेन्द्र आचार्यले ७ सय १६ मत ल्याएर बिजयी बन्दा उनका प्रतिष्पर्धीहरु राजेशकुमार श्रेष्ठले ५ सय १२ र किरणकुमार खड्काले २ सय २५ मत ल्याएर पनि पराजित हुन् पुगे । सहकोषाध्यक्ष पदमा शोभाखर पौडेलले ७ सय ९५ मत ल्याएर निर्बाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी ठाकुरनाथ सुवेदीले ५ सय ४० मतमा चित्त बुझाउनु परेको थियो ।
महासंघको खुला १४ सदस्यमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भुपेन्द्र खड्का र हेमराज दाहाल बिजयी भएका छन भने अन्य बिभिन्न क्लस्टरबाट अन्य ब्यबसायीहरु बिभिन्न पदमा निर्बाचित भएका छन ।
सम्बन्धित समाचार ..
यातायात ब्यबसायी राष्ट्रिय महासंघको अध्यक्षमा अत्यधिक मतका साथ सरोज सिटौला बिजयी
देशभरका यातायात ब्यबसायीहरु चुनाबी मैदानमा: दर्जनौं उमेदवारबीच प्रतिष्पर्धा हुँदै
सार्बजनिक यातायात व्यवसायीको नेतृत्वको लागि आज मतदान : अध्यक्षमा सरोज सिटौलाले जित्ने सम्भावना














