Play

यातायात ब्यबसायी राष्ट्रिय महासंघको अध्यक्षमा अत्यधिक मतका साथ सरोज सिटौला बिजयी

गुरुकुल खबर


पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अत्यधिक मतका साथ आगामी कार्यकालको लागि लाई अध्यक्ष पदमा बिजयी भएका छन। बुधबार दिउँसो सम्पन्न मतदान र साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार सिटौलाले १ हजार ३० मत प्राप्त गरि अध्यक्षमा बिजयी भएका हुन । उनका एक मात्र प्रतिद्वन्दी हरिशरण केसीले ४ सय ६४ मतमात्र प्राप्त गरेका थिए। यो संगै करिब ४ लाख सार्बजनिक यातायात व्यवसायीहरुको छाता संस्थाको नेतृत्व गर्ने अवसर सिटौलालाई मिलेको छ ।

अध्यक्षमा निर्बाचित सिटौला २०६२ सालमा यातायात ब्यबसायी राष्ट्रिय महासंघको केन्द्रीय सहकोषाध्यक्षको जिम्मेवारी लिएर महासंघमा सक्रिय बनेका थिए। उनि २०६३ सालमा केन्द्रीय कोषाध्यक्ष निर्बाचित भएका थिए। त्यसपछि ३ कार्यकालसम्म महासंघको कोषाध्यक्षको रुपमा काम गरेपछि अर्को २ कार्यकाल महासंघको महासचिब रहेर उनले काम गरेका थिए। पछिल्लो कार्यकाल महासंघको पहिलो बरियताको बरिष्ठ उपाध्यक्ष रहेर करिब ४ बर्ष बिताएका सिटौलाले पोखरामा सम्पन्न  सातौँ महाधिबेशनबाट अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन । यसरि उनले यातायात ब्यबसायी राष्ट्रिय महासंघमा नै २० बर्षभन्दा बढी समय बिताएर नेतृत्व सम्हाल्ने अवसर पाएका छन।

अध्यक्ष पदमा अत्यधिक मतका साथ बिजयी भएपछि सिटौलाले नेपालमा करिब ४ लाख यातायात व्यवसायीले यातायात क्षेत्रमा करिब १२/१३ खर्ब लगानी गरेको र ११ लाख जातिले प्रत्यक्ष रोजगारी पाएकोले यस क्षेत्रमा भएको लगानीको सुरक्षा गर्ने प्रमुख दायित्व निर्बाह गर्न आँफु क्रियाशील रहने बताए । यातायात क्षेत्रबाट अप्रत्यक्ष रुपमा करिब ४५ लाखलाई रोजगारी मिलेको बताउंदै उनले यातायात क्षेत्रमा गरिएको लगानीको सुरक्षा गर्दै यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउन र नेपालको सार्बजनिक यातायात क्षेत्रमा सुधार ल्याउनको लागि आंफ्नो नेतृत्वको कार्यसमिति सक्रिय भएर लाग्ने प्रतिबद्दता व्यक्त गरे।

गुरुकुल खबरसंग कुरा गर्दै उनले २०४९ सालको यातायात ऐनमा समयानुकुल परिमार्जन गर्न, दुर्घटना न्यूनीकरणको लागि पहल गर्न, बिमाको नीति स्पष्ट बनाउन र यातायात क्षेत्रमा प्रविधिको विकास र बिस्तारसंगै  राज्यलाई यातायात क्षेत्रको अभिभावक बन्नुपर्छ भन्ने भावना बिकास गराउन आबश्यक रहेको र नयाँ समितिले यस बिषयमा रचनात्मक प्रयास गर्ने समेत उनले बताए।

२०४५ सालमा यातायात श्रमिकबाट यातायात क्षेत्रमा प्रवेश गरेका सिटौलाले २०५६ सालमा आंफ्नो लगानीमा बस किनेर सार्बजनिक यातायात ब्यबसायीको रुपमा स्थापित भएका थिए । बस ब्यबसायी बनेपछि उनि यातायात क्षेत्रसंग सम्बन्धित बिभिन्न संघसंस्थामा रहेर काम गर्ने क्रममा २०५८ मा मेची यातायात ब्यबसायी संघमा आबद्द भएका थिए । यातायात ब्यबसायमा निरन्तर लाग्दैजाँदा र आंफ्नो ब्यबसाय बिस्तार गर्दै जाने क्रममा त्यस पछिको समय उनि काठमाडौँमा रहेर यातयातसंग सम्बन्धित बिभिन्न समस्या उजागर गर्ने र व्यवसायीको पक्षमा बोल्ने कुरालाई निरन्तरता दिंदै आएका छन ।

यसपछि देशभरका बिभिन्न यातायात ब्यबसायीहरु सम्बद्ध संघ संस्थाले सार्वाजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधान गर्नको लागि राज्यपक्षसंग लबिंग गर्न, आवश्कता अनुसार संघर्ष गर्न र व्यवसायीको हक हितको लागि आवाज उठाउन महासंघको आबश्यकत महशुस गरेर नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघको स्थापना गरेसंगे सिटौला पनि महासंघमा जोडिन पुगेका थिए ।

देशभरका सार्बजनिक यातायात ब्यबसायीहरुमा नेपाली काँग्रेसमा आबद्ध ब्यबसायीहरुको संख्या धेरै रहेको र सिटौलासमेत नेपाली काँग्रेस निकट रहेको कारण पनि उनलाई अध्यक्षको बलियो उमेदवारको रुपमा लिईएको थियो। ‘सिटौला राजनीतिक रुपमा नेपाली काँग्रेस निकट हुन र धेरै ब्यबसायीहरु पनि कांग्रेस समर्थक छन यस बाहेक सिटौलाले लामो समय महासंघमा रहेर यातायात व्यवसायीको पक्षमा बोल्ने, लबिंग गर्ने बिषयमा अग्रपंक्तिमा रहँदै आएकोले पनि उनको प्रभाव ब्यबसायिहरुमाझ राम्रो थियो।’ एक यातायात ब्यबसायीले गुरुकुल खबरसंग भने ।

यहि बैशाख २७ गते आइतबार पोखरामा शुरु भएको महाधिबेशन बैशाख २९ गते सम्पन्न गर्ने लक्ष राखिएको भएपनि निर्बाचन प्रक्रियामा भएको ढिलाईको कारण ३० गते बुधबार साँझ मात्र सकिएको हो । पोखरामा सम्पन्न महाधिबेशनमा यातायात ब्यबसायीसंग सम्बन्धित संस्थाबाट दुई हजार बढी महाधिबेशन प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहेको थियो ।

सार्बजनिक यातायातको रुपमा रहेका यात्रुबाहक बस, मालबाहक ट्रक, मिनी बस, ट्याक्सी, माइक्रो लगायत सात किसिमका सार्बजनिक यातायातका साधनहरुसंग सम्बन्धित संघ, समिति, कम्पनि, प्रालि, पर्यटन एबम सहकारीसहित करिब ३ सय ८७ वटा संस्थाबाट यातायात ब्यबसायी राष्ट्रिय महासंघमा प्रतिनिधित्व रहेको र ति संस्थाहरुबाट सहभागी महाधिबेशन प्रतिनिधिहरु मतदानमा सहभागि थिए।

सम्बन्धित समाचार ..

देशभरका यातायात ब्यबसायीहरु चुनाबी मैदानमा: दर्जनौं उमेदवारबीच प्रतिष्पर्धा हुँदै

सार्बजनिक यातायात व्यवसायीको नेतृत्वको लागि आज मतदान : अध्यक्षमा सरोज सिटौलाले जित्ने सम्भावना

पोखरामा यातायात ब्यबसायीको कुम्भमेला: सिटौला र केसीबीच प्रतिष्पर्धा, १० अर्बको लगानी सुरक्षित गर्नुपर्ने माग

३० बैशाख २०८३, बुधबार २०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा