Play

देशभरका यातायात ब्यबसायीहरु चुनाबी मैदानमा: दर्जनौं उमेदवारबीच प्रतिष्पर्धा हुँदै

गुरुकुल खबर


पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत आज मंगलवार नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्नको लागि मतदान हुँदै छ ।  बैशाख २७ गते आइतबार देखि देखि पोखरामा शुरु भएको महाधिबेशनको बन्द सत्र सकिएकोसंगै सोमबार राती १२ बजे नयाँ कार्यसमितिमा निर्बाचित हुनको लागि उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

महाधिबेशन अन्तर्गतको निर्बाचन प्रक्रिया सम्पन्न गराउन कृष्ण प्रसाद ज्ञवाली प्रमुख निर्बाचन अधिकृत र यातायात ब्यबसायी समेत रहेका योगेन्द्र केसी निर्बाचन अधिकृतका साथै अन्य समेत रहेको निर्बाचन समितिले उमेद्वार मनोनयनको काम पुरा गरेको र मंगलवार अपरान्ह १२ बजेपछि मतदान शुरु गर्ने जनाएको छ।

निर्बाचन अधिकृत योगेन्द्र केसीका अनुसार नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको १ जना अध्यक्ष पदका लागि २ जनाको उमेद्वारी दर्ता भएको छ भने ३ जना बरिष्ठ उपाध्यक्षको लागि ६ जनाको उमेदवारी परेको छ। यसैगरी ७ जना उपाध्यक्षको लागि १३ जनाको उमेदवारी परेको छ  १ जना महासचिबको लागि ३ जना र ३ जना उपमहासचिब पदका लागि ५ जनाले उमेदवारी दिएको छन। यसैगरी ३ जना सचिब चाहिनेमा ७ जना, १ जना कोषाध्यक्ष चाहिनेमा २ जना र १ जना सह कोषाध्यक्ष चाहिनेमा २ जनाको उमेदवारी परेको बुझिएको छ।

यातायात ब्यबसायीहरुको छाता संस्थाको नेतृत्व लिनको लागि सरोज सिटौला र हरिशरण केसी प्रतिष्पर्धामा उत्रिएका छन। सिटौला लामो समयदेखि महासंघमा सक्रिय रहेकोले मात्र नभएर यातायात व्यवसायीका समस्या उजागर गर्न प्रयासरत रहेकोले उनको पक्षमा अधिकांश ब्यबसायीहरु देखिएको छन। यस बाहेक  सार्वजनिक यातायातको क्षेत्रमा संलग्न अधिकांश ब्यबसायीहरु अधिकांश नेपाली काँग्रेस समर्थक रहेको र सिटौला पनि कांग्रेस निकट रहेकोले उनको पल्ला भारी रहेको अनुमान गरिएको छ। बिगतमा माओबादी पृष्ठभूमी रहेका केसीले पछिल्लो समय आँफुलाई स्वतन्त्र व्यवसायीको रुपमा समेत चिनाएर अध्यक्ष पदमा उमेदवारी दिएको बुझिएको छ।

बरिष्ठ उपाध्यक्ष पदमा पोखराका दुईजना ब्यबसायी सहित ६ जनाको प्रतिष्पर्धा रोचक बनेको छ ३ जना चाहिने बरिष्ठ उपाध्यक्षमा काठमाडौँका स्थापित यातायात ब्यबसायी र देशभर संजाल रहेको ल्होत्से यातायातका सुनिल कुँवरको पनि उमेदवारी परेको छ। यसका साथै पोखराबाट उमेदवार बनेका ऐनकुमार साई र केदार पौडेलको साथै गोकर्ण प्रसाद पराजुली र राजेन्द्र रिजाल गरि ६ जना चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन ।

पोखराका साई पृथ्वीराजमार्ग बस संचालक कम्पनिको अध्यक्ष समेत रहेको र अहिले पनि बरिष्ठ उपाध्यक्ष रहेको कारण साईलाई चुनाब जित्न सजिलो हुने अपेक्षा कतिपयले गरेको छन । तर, पोखराका  पौडेलको प्रभाव यातायात ब्यबसायीहरु माझ राम्रो रहेको र चुनाबमा बलियो समुहको साथ पौडेललाई मिलेको कारण पोखराका दुईजना मध्ये पौडेलको सम्भावना बलियो रहेको समेत बताइन्छ।

उपाध्यक्ष पदमा ६ जना आबश्यक रहेकोमा १३ जनाको उमेदवारी परेको छ। जसअनुसार आत्माराम थापा, कान्छाराम थिंग, कान्छाराम बल, चन्द्रा ओझा, जितबहादुर भारती, डम्बर राज पन्त, दिलबहादुर ढुंगाना क्षेत्री, रबि रिमाल, राजन क्षत्री कंडेल, रामप्रसाद सुबेदी, राम शशी पाण्डे,रुपकलाल श्रेष्ठ र लिलबहादुर गुरुंगको उमेदवारी परेको हो। यसैगरी मालबाहक तर्फको उपाध्यक्ष एक जनामा नबिन प्रजापती र यादवलाल श्रेष्ठ बीच प्रतिष्पर्धा हुने भएको छ ।

महासचिब पदमा देकानाथ गौतम, शम्भु प्रसाद रिजाल र ज्ञानेन्द्र श्रेष्ठको उमेदवारी परेकोमा गौतम बलियो रहेको अनुमान गरिएको छ।

महाधिबेशनमा यातायात ब्यबसायीसंग सम्बन्धित संस्थाबाट दुई हजार बढी महाधिबेशन प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहेको बताइएको छ । सार्बजनिक यातायातको रुपमा रहेका यात्रुबाहक बस, मालबाहक ट्रक, मिनी बस, ट्याक्सी, माइक्रो लगायत सात किसिमका सार्बजनिक यातायातका साधनहरुसंग सम्बन्धित संघ, समिति, कम्पनि, प्रालि, पर्यटन एबम सहकारीसहित करिब ३ सय ८७ वटा संस्थाबाट यातायात ब्यबसायी राष्ट्रिय महासंघमा प्रतिनिधित्व रहेको र ति संस्थाहरु बाट महाधिबेशनमा सहभागिता रहेको छ।

 

 

२९ बैशाख २०८३, मंगलवार ०९:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा