Play

गाईभैसीको दुधको मूल्य नबढाए यहि मङ्सिर १६ गतेबाट दुग्ध उत्पादक किसानले आन्दोलन गर्ने

गुरुकुल खबर


पोखरा, कास्कीका दुग्ध उत्पादक कृषकहरुले गाईभैसीको दुधको उचित मूल्य कायम गर्नुपर्ने र किसानले बिक्री गरेको दुधको भुक्तानी समयमा उपलब्ध गराउनुपर्ने कास्कीका दूग्ध किसानले राखेका छन् । कास्कीका दूग्ध उत्पादक किसानको संस्था सप्तगण्डकी दूग्ध उत्पादक सहकारी संघ लिमिटेडले बिहीबार पोखरामा पत्रकार सम्मेलनमार्फत त्यस्तो माग गरेका हुन् । दूधको मूल्य ६५ रुपैयाँबाट वृद्धि गरी ८० रुपैयाँ कायम गर्न माग गरे । कास्कीमा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेकोमा सहकारीमार्फत करीब ३० हजार र किसान आफैँले ७० हजार लिटर दूध बिक्री गर्ने गरेको तथ्यांक छ।

गाईभैसीको दुधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्नुपर्ने भन्दै संघले मंसिर १० गतेसम्मको समयसीमा दिएर दूधको मूल्य बढाउन दबाब दिइए पनि सरकारले अटेर गरेकाले यहि १६ गतेदेखि आन्दोलनमा जानुको विकल्प नभएको दुग्ध उत्पादकहरुको भनाइ छ । ‘अहिलेको मूल्यले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएको छ, यसले किसान पलायनतर्फ उन्मुख छ । जसका कारण उत्पादन घट्दै गएको छ भने दूधमा परनिर्भरता थपिदो छ।’ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बरालले भने।

उनका अनुसार पछिल्लो दुई वर्षदेखि दुधको मूल्य बढाउन आग्रह गर्दै आए पनि सरकारले बेवास्ता गरेका कारण आन्दोलनमा जानुपर्ने अवस्था आएको हो । ‘बारम्बार दुधको मूल्य बढाउन आग्रह गरिरहेका छौं, तर सरकारले बेवास्ता गरिरहेको छ । गोबर र पराल बोकेर यसपटक हामी किसानहरु आन्दोलनमा उत्रिन्छौं ।’ उनले भने ।

किसानले बिक्री गरेको दुधको रकम समयमै भुक्तानी हुने व्यवस्था गर्न, पशु स्वास्थ्य सेवा, नियमित खोप, आवश्यक औषधोपचार तथा पशु आहारमा सहुलियत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ । पशुपालन व्यवसायलाई जोखिममुक्त र दिगो बनाउन पशु बीमा तथा रोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनीहरुले माग गरेका छन ।

दुग्ध उत्पादनको लागत बढिरहे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको भन्दै संस्थाले दूधको मूल्य नबढाए १६ मंसिरदेखि आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । भौगोलिक अवस्था, पशु आहार र श्रमको मूल्य बढेर उत्पादन लागत बढ्दा समेत दूधको मूल्य बढाउन माग गरिएको हो ।

पशु आहारमा प्रयोग हुने दानाको मूल्य पछिल्लो २ महिनामा मात्र ७ रुपैयाँ बढेको र समग्रमा दानाको मूल्य २५ प्रतिशतले बढ्दा पनि दूधको मूल्य उही हुँदा किसान घाटामा परेर पलायन हुन थालेको उनको दावी छ । उनका अनुसार दूध उत्पादनको लागत मूल्य नै ६९ रुपैयाँ ५० पैसा परिरहेको छ । तर किसानले ६५ रुपैयाँमा दूध बेचिरहेकाले किसान मारमा परेको उनको जिकिर छ । ‘दुग्ध व्यवसायबाट किसान विस्थापित हुँदा उत्पादन घट्ने, रोजगारी गुम्ने र ग्रामीण अर्थतन्त्र प्रभावित हुनसक्छ,’ उनले भने ।

११ मंसिर २०८३, शुक्रबार १०:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा