पोखरा, नेपाली कांग्रेसको देउवा समुहको गण्डकी प्रदेशको नयाँ कार्यसमिति घोषणा गरिएको छ । यहि मङ्सिर ५ गते उद्घाटन गरिएको गण्डकी प्रदेशको दोश्रो अधिबेशनबाट बन्ने नयाँ कार्यसमितिको सभापतिमा मेखलाल श्रेष्ठको मात्र उमेदवारी परेको तर त्यस बाहेकका पदाधिकारीहरुमा धेरै जनाको उमेदवारी परेको कारण सहमती कायम गराउन नसक्दा कार्यसमितिको घोषणा हुन् सकेको थिएन ।
तर, शुक्रबार सभापति मेखलाल श्रेष्ठको उपस्थितिमा निर्बाचन संयोजक बिरेन्द्र केसीले पदाधिकारीको नाम घोषणा गरेका थिए । जस अनुसार प्रदेश समितिको खुला उपसभापतिमा आशिक गुरुङ र संजय शिलवाल तथा महिला उपसभापतिमा उमा ठकुरी रहेको छन बाँकी एक जना उपसभापति कार्यसमितिको सदस्यहरु मध्येबाट मनोनित गर्ने ब्यबस्था छ ।
यसैगरी महामन्त्रीमा मोहन गुरुङ, राजकुमार पाण्डे र पोषनाथ शर्माको नाम घोषणा गरिएको छ भने सहमहामन्त्री पदको जिम्मेवारी भक्त बहादुर श्रेष्ठ, लोकबहादुर मल्ल र इन्द्रप्रसाद पौडेललाई तथा कोषाध्यक्ष पदको जिम्मेवारी रामबहादुर श्रेष्ठलाई दिईएको बताइएको छ ।सभापतिले कार्यसमितिको सहमति लिएर एक उपसभापति एक महामन्त्री र एक महिला सहित २ सहमहामन्त्री मनोनित गरि उपसभापतिको संख्या र महामन्त्रीको संख्या चार तथा सहमहामन्त्रीको संख्या ५ पुर्याईने भएको छ ।
यस अगाडी आइतबार घोषणा गरिएका गण्डकी प्रदेशको सदस्यमा कास्कीबाट तरुणमणि सुवेदी, सीतादेवी सुवेदी, मृग सिंह गुरुङ, कल्पना तिवारी, कल्पना तिमिल्सिना, ज्ञानु परियार, ललितबहादुर कुँवर, यमप्रसाद तिमिल्सिना, मुक्तिनाथ पौडेल, भास्कर ध्वज श्रेष्ठ, समिला खड्का र चित्रबहादुर गुरुङ (लेकाली) रहेका छन् भने बागलुङबाट ज्योति केसी, शिव आचार्य, हिराबहादुर घर्ती, चिन्तामणि दर्जी, सुमन भुसाल, अरुण पौडेल, प्रनिश राजभण्डारी, हिमनाथ शर्मा, दयाराम आचार्य, फमबहादुर खत्री र लक्षु माया पुन रहेका छन ।
यसैगरी गोरखाबाट धनप्रसाद गुरुङ, ज्योति थापा, रोशन गुरुङ, रामबहादुर थापा, बुद्धिबहादुर तामाङ र टीकाराम देवकोटा, मुस्ताङबाट पामुल थकाली, सुशीला थकाली र रीता राना थापा तथा पर्वतबाट कृष्ण गुरुङ (उज्ज्वल गुरुङ), आनन्द भुसाल र सीमा पुन, तनहुँबाट निर्माया लामा, पञ्चबहादुर गुरुङ, कमला तिलिजा, दीर्घबहादुर बानियाँ र आशिष क्षेत्री तथा मनाङबाट मुखिया गुरुङ र कर्मा तेन्जिनलाई कार्यसमिति सदस्यमा राखिएको छ ।
म्याग्दीबाट मोहनबहादुर महत, पदमबहादुर पुर्जा र प्रेमप्रसाद रोका, नवलपुरबाट सुन्दर पाण्डे, मीना थानेत, प्रतीक सापकोटा, शालिकराम घिमिरे, देवी न्यौपाने, सरोज चालिसे, पवित्र भट्टराई, सूर्यबहादुर बि.के. र सतीश न्यौपाने, स्याङ्जाबाट रामबहादुर श्रेष्ठ, लेखनाथ अर्याल, बोधराज भट्टराई, राजकुमारी गुरुङ, खड्काबहादुर दर्जी, रामबहादुर देवकोटा र शंकर काफ्ले, विष्णुहरि अधिकारी, धनबहादुर गुरुङ, खेमानन्द काफ्ले, दीपक रोकाहा, तारा अर्याल केसी र शालिकराम देवकोटाको तथा लमजुङबाट कुमार विश्वकर्मालाई सदस्य बनाइएको जानकारी दिईएको छ ।
यसैबीच, सभापति बाहेकाका पदाधिकारीको नाम घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै सभपति मेखलाल श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाउँदै संगठन सुदृढीकरण र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले गण्डकी प्रदेशमा कांग्रेसको संगठनलाई थप चलायमान बनाउने, नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य बढाउने तथा पार्टीलाई जनतासँग जोड्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।














