Play

कांग्रेसको नियमित केन्द्रीय महाधिबेशनको तयारीको लागि बिभिन्न पांचवटा समिति गठन

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको नियमित १५ औं केन्द्रीय महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न पाँचवटा समिति गठन गरिएको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले प्रचारप्रसार, अतिथि सत्कार, प्रशासन समन्वय, सांस्कृतिक तथा स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन्।

महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मनोनयन भएका छन्। त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना मनोनयन भएका छन्।
यसैगरी, स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनको तयारीलाई तीव्रता दिँदै आयोजक समितिले व्यवस्थापनका विभिन्न पक्षलाई समेटेर समिति गठन गरेको हो। समितिहरूको मनोनयनसम्बन्धी जानकारी सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।

यसैबीच कांग्रेस नेता प्रकाशमान सिंह सहितको टोलीले महाधिबेशन हुने स्थाल काठमाडौँको खुल्ला मंच क्षेत्रको स्थलगत भ्रमण गरि महाधिबेशनको तयारी बारेमा जानकारी लिनुको साथै आबश्यक निर्देशन समेत दिएको बुझिएको छ। नियमित १५ औं महाधिबेशन अन्तर्गत अधिकांश जिल्लाको अधिबेशन सकिएको र हाल सातवटा प्रदेशको अधिबेशन भैरहेको छ। केन्द्रीय महाधिबेशन मङ्सिर २१ बाट हुने भनिएपनि त्यस अगाडी नै विभिन्न जिल्लाबाट महाधिबेशन प्रतिनिधिहरु काठमाडौँ पुग्ने क्रम जारी रहनेछ।

११ मंसिर २०८३, शुक्रबार १६:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा