पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिबेशन अन्तर्गत आज मंगलवार नेतृत्व सहित नयाँ केन्द्रीय कार्यसमितिको निर्बाचन हुँदैछ । महासंघको अध्यक्ष पदमा यातायात ब्यबसायी पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी दुईजनाको बिचमा प्रतिष्पर्धा हुँदैछ। दुईजना बिचको प्रतिष्पर्धाबाट सिटौलाको काँधमा महासंघको नेतृत्व पुग्ने धेरै यातायात व्यवसायीको अनुमान छ।
२०४५ सालमा सामान्य श्रमिकबाट यातायात क्षेत्रबाट प्रवेश गरेका सिटौलाले २०५६ सालमा आंफ्नो लगानीमा बस किनेर सार्बजनिक यातायात ब्यबसायीको रुपमा स्थापित भएका थिए। बस ब्यबसायी बनेपछि उनि यातायात क्षेत्रसंग सम्बन्धित बिभिन्न संघसंस्थामा रहेर काम गर्ने क्रममा २०५८ मा मेची यातायात ब्यबसायी संघमा आबद्द भएका थिए । यातायात ब्यबसायमा निरन्तर लाग्दैजाँदा र आंफ्नो ब्यबसाय बिस्तार गर्दै जाने क्रममा त्यस पछिको समय उनि काठमाडौँमा रहेर यातयातसंग सम्बन्धित बिभिन्न समस्या उजागर गर्ने र व्यवसायीको पक्षमा बोल्ने कुरालाई निरन्तरता दिंदै गए ।
यसपछि देश भरका बिभिन्न यातायात ब्यबसायीहरु सम्बद्ध संघ संस्थाले सार्वाजनिक यातायात क्षेत्रमा देखिएका समस्याको समाधान गर्नको लागि राज्यपक्षसंग लबिंग गर्न, आवश्कता अनुसार संघर्ष गर्न र व्यवसायीको हक हितको लागि आवाज उठाउन महासंघको आबश्यकत महशुस गरेर नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघको स्थापना गरेसंगे सिटौला पनि महासंघमा जोडिन पुगेका हुन् । २०६२ सालमा यातायात ब्यबसायी राष्ट्रिय महासंघको केन्द्रीय सहकोषाध्यक्षको जिम्मेवारी लिएर महासंघमा सक्रिय बनेका उनि २०६३ सालमा केन्द्रीय कोषाध्यक्ष निर्बाचित भएका थिए।
त्यसपछि उनले महासंघमा ३ कार्यकालसम्म कोषाध्यक्षको रुपमा काम गरेपछि अर्को २ कार्यकाल महासंघको महासचिब रहेर काम गरेका थिए। यसरि उनले यातायात ब्यबसायी राष्ट्रिय महासंघमा नै २० बर्षभन्दा बढी समय बिताइसकेका छन। पछिल्लो कार्यकाल महासंघको पहिलो बरियताको बरिष्ठ उपाध्यक्ष रहेर करिब ४ बर्ष बिताएका सिटौला पोखरामा हुन लागेको सातौँ महाधिबेशनबाट अध्यक्ष बन्ने करिब निश्चित जस्तै छ।

देशभरका सार्बजनिक यातायात ब्यबसायीहरुमा नेपाली काँग्रेसमा आबद्ध ब्यबसायीहरुको संख्या धेरै रहेको र सिटौलासमेत नेपाली काँग्रेस निकट रहेको कारण पनि उनलाई अध्यक्षको बलियो उमेदवारको रुपमा लिईएको छ । ‘सिटौला राजनीतिक रुपमा नेपाली काँग्रेस निकट हुन र धेरै ब्यबसायीहरु पनि कांग्रेस समर्थक छन यस बाहेक सिटौलाले लामो समय महासंघमा रहेर यातायात व्यवसायीको पक्षमा बोल्ने, लबिंग गर्ने बिषयमा अग्रपंक्तिमा रहँदै आएकोले पनि उनको प्रभाव ब्यबसायिहरुमाझ राम्रो छ।’ एक यातायात ब्यबसायीले गुरुकुल खबरसंग भने ।
अध्यक्ष पदको चुनाबी प्रतिष्पर्धामा रहेका सिटौलाका अनुसार नेपालमा यातायात क्षेत्रमा करिब ४ लाख यातायात व्यवसायीको करिब १२/१३ खर्बको लगानी रहेको र ११ लाख जातिले प्रत्यक्ष रोजगारी पाएका छन। यसबाहेक यातायात क्षेत्रबाट अप्रत्यक्ष रुपमा करिब ४५ लाखलाई रोजगारी मिलेको छ राज्यको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको यातायात क्षेत्रमा गरिएको लगानीको सुरक्षा गर्दै यसलाई प्रबिधिमैत्री बनाउंदै नेपालको सार्बजनिक यातायात क्षेत्रमा सुधार ल्याउनको लागि आंफुले महासंघको नेतृत्व लिन चाहेको सिटौलाले गुरुकुल खबरलाई जानकारी दिए।
उनले २०४९ सालको यातायात ऐनमा समयानुकुल परिमार्जन गर्न, दुर्घटना न्यूनीकरणको लागि पहल गर्न, बिमाको नीति स्पष्ट बनाउन र यातायात क्षेत्रमा प्रविधिको विकास र बिस्तारसंगै राज्यलाई यातायात क्षेत्रको अभिभावक बन्नुपर्छ भन्ने भावना बिकास गराउन आबश्यक रहेको र नयाँ समितिले यस बिषयमा रचनात्मक प्रयास गर्ने समेत उनले बताए।
महासंघको महाधिबेशन यहि बैशाख २७ गते आइतबार देखि २९ गते मंगलबारसम्म पोखरामा हुने भएको छ । पोखरामा हुने महाधिबेशनमा यातायात ब्यबसायीसंग सम्बन्धित संस्थाबाट दुई हजार बढी महाधिबेशन प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहेको छ । सार्बजनिक यातायातको रुपमा रहेका यात्रुबाहक बस, मालबाहक ट्रक, मिनी बस, ट्याक्सी, माइक्रो लगायत सात किसिमका सार्बजनिक यातायातका साधनहरुसंग सम्बन्धित संघ, समिति, कम्पनि, प्रालि, पर्यटन एबम सहकारीसहित करिब ३ सय ८७ वटा संस्थाबाट यातायात ब्यबसायी राष्ट्रिय महासंघमा प्रतिनिधित्व रहेको र ति संस्थाहरुबाट महाधिबेशनमा सहभागि छन।
सम्बन्धित समाचार ..














