Play

अत्यधिक मतका साथ रास्वपा गण्डकीको अध्यक्षमा नबिन त्रिपाठी बिजयी, प्रतिष्पर्धीहरु कसलाई कति मत ?

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनले नबिन त्रिपाठीलाई पार्टीको प्रदेश समितिको अध्यक्षमा निर्बाचित गरेको छ । शुक्रबार राति करिब ११ बजेतिर  शुरु भएको मतदान अन्तर्गत शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अध्यक्षमा त्रिपाठी अत्यधिक मतका साथ बिजयी भएका हुन  ।  सभापतिका चारजना आकांक्षीहरु बीच सर्वसम्मति गराएर नेतृत्व चयन गर्ने प्रयास लगायत दिनभर चलेको भएपनि अन्तत राति ११ बजेतिर मतदान शुरु गरिएको थियो ।

रास्वपा गण्डकीको पहिलो अधिवेशनबाट सभापति बन्न नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा छन् । चार आकांक्षीमध्ये गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति र त्रिपाठी महासचिव हुन् । कँडेल २०७९ मा भएको प्रनिनिधि सभामा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार थिए । कार्की वैकल्पिक राजनीति र अटेरी अभियानमा सक्रिय छन् ।

मतगणनाको परिणाम अनुसार अध्यक्ष्मा बिजयी नबिन त्रिपाठीले २ सय ३४ मत, राजन गौतमले १ सय ८२ मत. माधव कंडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेको रास्वपा पर्वतका नेता युबराज तिवारीले गुरुकुल खबरलाई ज्जनाक्री दिए । अध्यक्षमा बिजयी हुने उमेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेको कारण दोश्रो चरणको मतदान हुने अपेक्षा गरेका अधिकांश मतदाताको अनुमानलाई चिर्दै त्रिपाठीले पहिलो चरणमा नै ५० प्रतिशत मत कटाएर अध्यक्षमा विजयी बनेका छन ।

यस्तै गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए। जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेद्वारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएको भएपनि उनीहरुको विवरण आउन बाँकी छ ।

प्रदेश सदस्यका लागि ५१ आकांक्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मीना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपांगता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य पदमा ३९ उम्मेद्वारहरु बीच २१ सदस्यका लागि मतदान भएको थियो । पार्टीको विधान अनुसार सदस्यमा निर्वाचित भएका ३३ सदस्यमध्येबाट नै पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन हुने एक प्रतिनिधिले जानकारी दिए । गण्डकी प्रदेशको अधिवेशनमा ७ सय ८० प्रतिनिधि छन् । प्रदेश समितिले ४ जना सदस्य पछि मनोनित गर्न पाउने विधानमा उल्लेख गरिएको उनले सुनाए ।

अध्यक्षका प्रतिष्पर्धी को को  र कति कति मत ? 

रास्वपा गण्डकीका सभापति बन्न राजन गौतम, नवीन त्रिपाठी, माधव कंडेल, डा. हरि कार्की चुनाबी मैदानमा उत्रिएका थिए भने र कुमार खड्काले सर्वसम्मत नेतृत्व लिने चाहनामा थिए।

यस अगाडी रास्वपा गण्डकीको महासचिव रहेका र हाल अध्यक्षमा बिजयी नवीन त्रिपाठीले सभापति राजन गौतम संघीय सांसद भइसकेको अवस्थामा स्वभाविक रुपमा आफ्नो दावेदारी सभापतिमा रहेको भन्दै उमेदवारी दिएका थिए। ‘अहिलेको समितिका सभापति संघीय सांसद हुनुहुन्छ,’ उनले भने, ‘पार्टीले सकभर दोहरो भूमिका नदिने, सांसदलाई संघकै भूमिका रहन अनुरोध पनि गरेका हुनाले सभापति पछिको विकल्प म आफैं भएकाले पनि मलाइ मतदान गरिदिनुहोला’ उनले प्रतिनिधिसंग मत माग्ने क्रममा भनेका थिए ।’ पालिका र जिल्लाका प्रतिनिधिहरुको इच्छा पनि आफूलाई सभापति मै हेर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको उनले सुनाएका थिए । उनलाई २ सय ३४ मत प्राप्त भएको थियो।

पार्टीको यस अगाडिका प्रदेश सभापति राजन गौतम निर्बाचन प्रक्रियाबाट अध्यक्ष बन्न नपाएकोले यस पटक चुनाब जितेर सभापतिको जिम्मेवारी दोहोर्‍याउन चाहेका थिए। ‘म अधिवेशनबाट सभापति नभएको हुनाले अधिवेशनबाट चुनिने सभापतिका लागि म आफै इच्छुक छु, साथीहरुले पनि एउटा कार्यकाल चलाउनुपर्छ भन्नुभएको छ । प्रदेश भनेको परिपक्वताका आधारमा चलाउनुपर्छ । यस्तो भएन भने नजिकै आउँदै गरेको प्रदेश र स्थानीय निर्वाचनमा ठूलो दुर्घटना ल्याउनसक्छ भन्ने सुझाव अनुसार मैले अध्यक्षमा उमेदवारी दिएको छु । उनले मत माग्ने क्रममा प्रतिनिधिसंग भनेका थिए । उनलाई १ सय ८२ मत प्राप्त भएको थियो।

यसैगरी सभापतिका अर्का प्रतिष्पर्धी माधव कंडेल २०७९ को निर्बाचनमा कास्की -२ बाट संसदीय निर्बाचनमा रास्वपाबाट उमेदवार बनेका थिए।  थोरै मतले पराजित बनेका कंडेलले यस पटक पनि सोहि क्षेत्रबाट उमेदवार बन्ने चाहना राखेको भएपनि उनलाई उमेद्वार नबनाएर पार्टीले उत्तम प्रसाद पौडेललाई उमेदवार बनाएको थियो। त्यसपछि उनि पनि यस पटक पार्टीको गण्डकी प्रदेशको अध्यक्ष बन्ने दौडमा लागेको थिए तर उनले ११ मत मात्र पाएको बताइएको छ।

यसैगरी वैकल्पिक राजनीति, अटेरी अभियान तथा शिक्षा क्षेत्रमा सक्रिय डा. हरि कार्कीले पनि सभापति पदमा उमेद्वारी दिएको थिए तर उनलाई २ मत मात्र प्राप्त भएको थियो  । स्थानीय तहलाई निर्दलीय बनाउने अटेरी अभियानका संस्थापक सदस्य, लौरो अभियानका केन्द्रीय प्रवक्ता, नागरिक बचाउ अभियानका अध्यक्ष मण्डल सदस्य तथा संगठन विभाग प्रमुख, नागरिक विद्रोहका संयोजक तथा जेन जी २.० का केन्द्रीय संरक्षकका रुपमा परिचित कार्की पछिल्लो समय रास्वपाको केन्द्रीय सहकारी विभाग सदस्यमा नियुक्त भएका छन् ।

केही समय अघि नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका कुमार खड्का पनि नेतृत्व लिन चाहेको थिए । तर निर्बाचन प्रक्रियाबाट चुनाब जित्न कठिन हुने देखिएपछि उनले सर्वसम्मत नेतृत्व लिने चाहना व्यक्त गरेका थिए ।’पार्टी प्रतिनिधिहरुले सर्वसम्मत रुपमा नेतृत्व दिनुहुन्छ भने लिन तयार रहेपनि उनले ‘पार्टीले बस भन्यो भने बसेर काम गर्नुपर्‍यो, नभए प्रतिस्पर्धा गरेर जाने मेरो इच्छा चाँही छैन् ।’ भन्ने अभिव्यक्ति दिंदै आएका थिए । चुनाबी प्रक्रियामा भने उनि सामेल भएनन ।

सम्बन्धित समाचार ..

रास्वपा गण्डकीको अधिबेशनमा बिबाद: शुक्रबार दिनभरको सहमतिको प्रयास व्यर्थ, राति ११ बजेबाट मतदान

रास्वपा कोशी प्रदेशमा गुटबन्दीको प्रभाव: अध्यक्षमा राईको जितपछि प्रतिष्पर्धी गोमा तामांगद्वारा पार्टी परित्याग

रास्वपा कास्कीमा पनि गुटबन्दीको प्रभाव: पार्टीका केहि नेताहरुले मतदान नगर्दा अध्यक्ष पदमा १ मतले हारजीत

३० जेष्ठ २०८३, शनिबार ०६:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा