Play

नियमित महाधिबेशन पक्षधर काँग्रेसको तरुण दल अध्यक्षमा दिल लामा मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस नियमित १५ औं महाधिबेशनको पक्षमा रहेको समुहले  नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । नियमित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक समेत रहेका प्राडा शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्ष पदमा मनोनीत गरेका हुन्।

मनोनयन पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम लामालाई अध्यक्ष पदमा जिम्मेवारी दिइएको उल्लेख छ। नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट सभापतिमा निर्बाचित शेरबहादुर देउवा समुहको रुपमा नियमित १५ औं महाधिबेशनको पक्षमा रहेकाहरुलाई चिनिन्छ।

अध्यक्षको रूपमा कांग्रेसको स्थापित मूल्यमान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई बलियो बनाउने विश्वास लिइएको छ।

१४ कार्तिक २०८३, शनिबार २०:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा