Play

कास्की समाज अन्तराष्ट्रियमा शिब बाँनिया नेतृत्वको नयाँ समिति सर्वसम्मत, असन्तुष्ट पक्षको पनि सहभागिता

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला बाट बिभिन्न पेशा र ब्यबसायको शिलशिलामा बिभिन्न मुलुकमा पुगेका कस्केलिहरुकों संस्था ‘कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्’ को पाँचौँ महाधिवेशनले शिव बानियाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ। यहि कार्तिक १४ गते शनिबार पोखरा–१६ ढिकीडाँडामा सम्पन्न महाधिवेशनले बानियाँ अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेको हो। पोखराको सराँगकोटका स्थायी बासिन्दा बानियाँ लामो समयदेखि अमेरिकामा बस्दै आएका छन। अघिल्लो महाधिबेशनमा मतदान प्रक्रियाबाट निर्बाचित बानियाँ यस पटक निर्बिरोध अध्यक्ष बनेका छन। यसपटकको महाधिबेशनमा बिधान संसोधन गरेर असन्तुष्ट पक्षलाई पनि समेटिएको छ ।

महाधिबेशनले शिव बानियाँ अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेकोमा संस्थाको वरिष्ठ उपाध्यक्षमा विकास शाही (यूएई), महिला उपाध्यक्षमा पूजा शाह ठकुरी (नेपाल), उपाध्यक्षहरुमा प्रबिण गिरि ( दक्षिण कोरिया) सन्तोष तिमिल्सिना (नेपाल), इन्द्रकमल राजभाट (बेल्जियम), दीपक थापा (अमेरिका), अमर सापकोटा (साउदी अरेबिया), मनबहादुर कुँवर (नेपाल), नेत्र केसी (अमेरिका), प्रमिला भण्डारी रहेका छन।

यसैगरी संस्थाको महासचिवमा अगन्धर देबकोटा (कतार) उपमहासचिवहरूमा राजेन्द्र गौतम (पोर्चुगल), विश्वज्योति सुवेदी (नेपाल) सचिवहरूमा नवीन पौडेल (कतार), रमेशबहादुर खत्री (क्यानडा), शिवराज अधिकारी (नेपाल) महिला सचिवहरूमा  कान्ति तिमिल्सिना (बेल्जियम), सरस्वती सिग्देल (नेपाल) लाई चयन गरिएको छ।

यसैगरी समितिको कोषाध्यक्षमा विश्वबन्धु थापा (नेपाल), सहकोषाध्यक्षमा तीर्थबहादुर भण्डारी (बहराइन), महिला संयोजकमा बिन्दु गौतम पौडेल (पोर्चुगल), क्षेत्रीय संयोजकमा डम्बरजङ्ग गुरुङ (अमेरिका), मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रकाश विश्वकर्मा (कतार), युरोप संयोजकमा अर्जुन भण्डारी (पोर्चुगल) पनि निर्बिरोध निर्बाचित भएका छन। संस्थाभित्रको असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै सबै पक्षलाई एकैठाउँमा जोड्नुलाई महाधिवेशनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यसरि निर्बाचितहरुमध्ये यस अगाडी असन्तुष्ट पक्षमा रहेकाहरु मध्येबाट प्रमिला बराल भण्डारीलाई महिला उपाध्यक्ष, नेत्र केसी र मनबहादुर कुँवरलाई उपाध्यक्ष, विश्वज्योति सुबेदीलाई उपमहसचिब र शिबराज अधिकारीलाई सचिबको जिम्मेवारी दिईएको छ। असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका हंशराज ढकाललाई संरक्षक बनाउने सहमती भएको बुझिएको छ।संस्थाको बिधान संसोधन गर्ने क्रममा यस अगाडी रहँदै आएको प्रमुख संरक्षक र प्रमुख सल्लाहकार पद हटाइएको र संरक्षकहरु र सल्लाहकारहरुको मात्र ब्यबस्था गरिएको बुझिएको छ ।

नवनिर्बाचित पदाधिकारी एबम सदस्यहरुको औपचारिक घोषणा बन्द सत्र पछि निर्बाचन समितिका सदस्य कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए बिमल सुबेदी संयोजक रहेको निर्बाचन समितिले निर्बाचन प्रक्रिया सम्पन्न गरेको थियो। महाधिवेशनको उद्घाटन सत्रमा औपचारिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

महाधिवेशनले संस्थाभित्र विगतमा देखिएका असमझदारी र मनमुटावलाई अन्त्य गर्दै असन्तुष्ट पक्षलाई समेत समेटेर सर्वसम्मत नेतृत्व चयन गरेको संस्थाका पुर्व महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए। कास्की समाज संस्थाबाट अलग भई अर्को संस्था गठन गरेका हंशराज ढकाल नेतृत्वको समूहलाई समेत संस्थागत रूपमा समेट्ने उद्देश्यले विधानमा आवश्यक संशोधन गरेर सबैको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको कारण संस्थामा रहेको बिबाद अन्त्य भएको बुझिएको छ। आन्तरिक बिबाद समाधान भएसंगै संस्थामा आपसी सहमति, समझदारी र सहकार्यका माध्यमबाट संस्था थप एकताबद्ध र सशक्त बन्ने बिश्वास गरिएको छ।

महाधिवेशनको उद्घाटन सत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। त्यस अबसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विदेशमा आर्जन गरेको सीप र ज्ञानलाई नेपालको विकास निर्माणमा प्रयोग गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको रकम नेपालको उत्पादनको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राजनीतिक स्वार्थ भन्दा माथि उठेर कास्कीको विकास निर्माणमा ध्यान दिन अनुरोध गरे । राजनीतिको जिम्मा नेपालमै कर्मथलो बनाएका व्यक्तिलाई छोडेर सामाजिक तथा विकास निर्माणको काममा केन्द्रीत हुन उनले उल्लेख गरे ।कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य सरस्वती गुरुङ लगायतले आआफ्नो भनाई राखेका थिए।

यसैगरी समन्वय परिषद्का संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना, संस्थाका प्रमुख संरक्षक सीता बराल, पुर्व अध्यक्ष गोबिन्द पौडेल, पाँचौ महाधिवेशन पर्यवेक्षण समिति संयोजक विश्वनाथ बराल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेल, गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, सचिव शिव पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्टार बिमला भण्डारी लगायतले आआफ्नो भनाई राखेका थिए।

संस्थाको बन्द सत्रमा संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने महासचिब केदार कुँवरले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। महाधिवेशनको बन्दसत्रमा संस्थाको सांगठनिक गतिविधि, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

विधान संशोधन समितिका संयोजक डा. सुन्दर पौडेलले संस्थाको एकता, सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिँदै विधानमा आवश्यक संशोधन गरिएको जानकारी गराएका थिए। त्यसैगरी निर्वाचन समितिका संयोजक विमल सुवेदी र सदस्य सचिव कृष्ण तिमिल्सिनाले सबै पक्षबीच आपसी समझदारी र सहमति कायम भएपछि निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न गरिएको जानकारी दिएका थिए ।

सांस्कृतिक संयोजक चोलेन्द्र पौडेलको संयोजनमा कलाकारहरू तुलसा क्षेत्री, पार्वती जिसी र रामजी पौडेल र केशव सापकोटा लगायतले स्वागत गीतसहित सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रम भौतिक र अनलाईन मार्फत भएको उक्त महाधिवेशनमा २८ देशका २७५ प्रतिनिधिले भाग लिएको बताइएको छ ।

‘विश्वभरिका कस्केली खोजी अभियान, समृद्द जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मुल नाराका साथ महाधिवेशन भएको हो । प्रवासमा रहेका कस्केलीहरूको ज्ञान, सीप र पुँजीलाई गृहजिल्ला कास्की र पोखराको समग्र विकासमा जोड्ने प्रयास गर्दै आएको संस्थाले कर्मभूमि तथा गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक र परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ ।

संस्थाले कास्कीका ग्रामीण तथा सहरी क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र राहत वितरण जस्ता परोपकारी कार्य र सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । महाधिबेशनमा कास्की जिल्लाका बिभिन्न संघ संस्थाका प्रतिनिधि र बिभिन्न तहका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। कास्कीमा जन्मिएर वा कास्कीलाई कर्मथलो बनाएर संसारका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूलाई गोलबद्ध गर्दै सभ्य र समृद्ध कास्की निर्माणका लागि क्रियाशील रहेको बताइएको छ ।

१६ कार्तिक २०८३, सोमबार ०९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा