Play

रास्वपा गण्डकीको अधिबेशनमा बिबाद: शुक्रबार दिनभरको सहमतिको प्रयास व्यर्थ, राति ११ बजेबाट मतदान

गुरुकुल खबर


पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिबेशनमा नेतृत्व चयनमा सहमति कायम हुन् नसक्दा मतदान प्रक्रिया राति ११ बजेपछि मात्र मतदान प्रक्रिया शुरु भएको छ।  शुक्रबार दिउँसो ३ बजेबाट सहमतिको आधारमा नेतृत्व चयन गर्ने भनेर प्रयास गरिएपनि लामो प्रयास गर्दापनि सहमति कायम हुन नसकेपछि मतदान प्रक्रिया समेत अनिश्चित बन्न पुगेको थियो । जसका कारण शुक्रबार नै सम्पूर्ण निर्बाचन प्रक्रिया सम्पन्न गरेर नेतृत्व चयन गर्ने भनिएकोमा राति ११ बजेपछि मात्र मतदान शुरु गरिएको हो ।

रास्वपाका पर्वतका एक नेताले गुरुकुल खबरसंग कुरा गर्दै दिउँसो ३ बजेबाट सहमतिको लागि प्रयास भैरहेको भन्दै मतदाता प्रतिनिधिलाई आश्वस्त तुल्याईएको भएपनि राति साढेदश बजेसम्म पनि सहमति हुन नसकेको बताए । उनले ६ सय जना प्रतिनिधिहरुलाई मतदान गर्न समेत समय लाग्ने भएकोले अब शुक्रबार मतदान प्रक्रिया स्थगित गरि शनिबार मतदान प्रक्रिया अगाडी बढाउने कुराकानी भैरहेको बताए।

यता, रास्वपा कास्कीका नेता लेखबहादुर गुरुङले राति करिब ११ बजे गुरुकुल खबरसंग कुरा गर्दै ‘अब केहि बेरमा मतदान प्रक्रिया शुरु हुने बताए सहमतिको प्रयासले सार्थकता पाउन नसकेपछि मतदान प्रक्रिया अगाडी बढाउन लागिएको छ। अब केहि बेरमा मतदान शुरु गर्ने भनिएको छ’ गुरुङले जानकारी दिए।

रास्वपाको गण्डकी प्रदेशको जारी अधिबेशनबाट अध्यक्ष बन्ने दौडमा पार्टीका ४ जना नेताहरु देखा परेका छन। पार्टीका अर्का नेता कुमार खड्का समेत पार्टीको गण्डकी प्रदेशको अध्यक्ष बन्ने सोचाईमा रहेको भएपनि उनले निर्बाचन प्रक्रियामा भाग लिएपनि बिजयी बन्ने सम्भावना नदेखेपछि शुक्रबार साँझपाख उनले आँफु प्रदेश समितिको कुनै पदमा उमेदवार नबन्ने घोषणा गरेका छन ।

खड्का बाहेक राजन गौतम, नबिन त्रिपाठी, माधव प्रसाद कंडेल र डा. हरिबहादुर कार्की गरि चारजना पार्टीको गण्डकी प्रदेशको अध्यक्ष बन्ने प्रतिष्पर्धामा लागेका छन। अध्यक्षका प्रतिष्पर्धीहरु मध्ये राजन गौतम पार्टीको बहालवाला गण्डकी प्रदेश समितिको अध्यक्ष हुन भने नबिन त्रिपाठी पार्टीको गण्डकी प्रदेशको बहालवाला महामन्त्री हुन।

यसैगरी अध्यक्षका अर्का आकांक्षी माधव कंडेल पार्टीको पुराना नेता हुन उनि यस अगाडी २०७९ सालको प्रतिनिधिसभा निर्बाचनमा कास्की -२ बाट रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका थिए। उनि यसपटक अर्थात २०८२ को प्रतिनिधिसभाको निर्बाचनमा समेत सांसदको उमेदवार बन्ने दौडमा लागेको भएपनि उनलाई पार्टीले टिकट नदिएपछि सांसदको उमेदवार बन्ने उनको सपना तुहिएको थियो। अध्यक्षका अर्का उमेदवार डा. हरिबहादुर कार्की रहेको छन । अटेरी ग्रुपसंग आबद्द रहेको भनेर प्रचार गरिएका कार्की पोखरा महानगर पालिका -२४ कास्कीकोटका बासिन्दा समेत हुन।

यस अगाडी पार्टीको गण्डकी प्रदेशको अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित बन्न आग्रह गरे। उनले पार्टी स्थापनाको छोटो अवधिमै देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै अब पार्टीभित्र थप परिपक्वता र अनुशासन आवश्यक रहेको बताए।

“एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ। अब हामीले धेरै कुरामा संयम अपनाउनुपर्छ। हामी संयमित हुन सक्यौँ भने पार्टी कहिल्यै कमजोर हुँदैन,” उनले भने। महामन्त्री बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्ति वा समूहका लागि नभई सम्पूर्ण नेपाली नागरिकको भविष्य निर्माणका लागि स्थापित भएको उल्लेख गरे।

व्यक्तिगत राजनीतिक भविष्य खोज्नभन्दा देशको भविष्य निर्माण गर्न पार्टीमा जोडिएको भावनासहित काम गर्नुपर्नेमा उनले जोड दिए। उनले पार्टीमा इमानदार र योग्य कार्यकर्ताको योगदानको कदर हुने बताउँदै अधिवेशनबाट जिम्मेवारी नपाए पनि विधिसम्मत ढङ्गले अवसर प्रदान गरिने स्पष्ट पारे।

कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र र सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरे। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच जिम्मेवारी बाँडफाँट गरेर दुवैले आफ्नो भूमिका निर्वाह गरिरहेको उनले बताए

सचिवालय सदस्य तथा प्रतिनिधिसभा सांसद सागर ढकालले पदभन्दा देश परिवर्तनको उद्देश्य ठुलो भएको उल्लेख गर्दै कार्यकर्तालाई सङ्गठन निर्माणमा केन्द्रित हुन आग्रह गरे।

प्रदेश सभापति राजन गौतमले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशका नौ जिल्लाका ६४ पालिका र ५५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ। प्रदेश अधिवेशनमा ७३५ प्रतिनिधिको सहभागिता रहेको छ भने नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका तय गरिएको छ।

२९ जेष्ठ २०८३, शुक्रबार २३:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा