पोखरा, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आफ्नै निवासमा प्रदर्शनकारीहरुको आक्रमणमा परि घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धन र टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि १२ टाँका लगाइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सम्पन्न बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको बताएका थिए ।
उपसभापति खड्काको भनाई उधृत गर्दै नेपाली काँग्रेसका केन्द्रीय सुचना, संचार तथा प्रचार विभागका प्रमुख मिन विश्वकर्माले पार्टी सभापति देउवाको उपचार अझैसम्म पनि सैनिक अस्पताल छाउनीमा भैरहेको जानकारी दिए ।
“सभापति देउवा सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको र चिकित्सकहरुले अरु केहि दिन अस्पतालमै राखेर उपचार गर्ने सल्लाह दिएकाले सभापति देउवा थप केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापति खड्काले बैठकमा गराउनुभयो।” प्रचार बिभाग प्रमुख बिश्वकर्माले देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको समेत संचारकर्मी समक्ष बताए।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरि गम्भीर घाइते बनाएका थिए। देउवाको घरमा लुटपाट र आगजनी गरि घरमा रहेको धनमाल सहित सबैजसो सामान लुटेरा लागेका थिए ।
सम्बन्धित समाचार .
देउवा निवासमा अत्यधिक पैसा भेटिएको र पैसाको सुरुंग रहेको भन्ने जस्ता विषय भ्रामक- देउवाको सचिबालय
कांग्रेस सभापति देउवा दम्पति अझै एकसाता अस्पतालमै रहने, स्वास्थ्यस्थिति खतरामुक्त- चिकित्सक
जेनजी आन्दोलनकारीबाट कुटिएका देउवा दम्पतिको स्वास्थ्य खतरामुक्त, सुरक्षित स्थानमा उपचार जारी















