Play

पोखराका अग्रज ब्यबसायी कोमल प्रजुको निधन, युवा ब्यवसायी रबिन्सन र देबेन्सनलाई पितृशोक

गुरुकुल खबर


पोखरा, पोखराका युवा ब्यबसायी एबम पोखरा उधोग बाणिज्य संघका पुर्व बरिष्ठ उपाध्यक्ष रबिन्सन प्रजु र संघका वर्तमान कोषाध्यक्ष देबेन्सन प्रजुलाई पितृशोक परेको छ। ब्यबसायी द्वय रबिन्सन एबम देबेन्सनका बुवा तथा पोखराका अग्रज ब्यबसायी, सामाजिक र धार्मिक व्यक्तित्व कोमल बहादुर प्रजुको ८३ बर्षको उमेरमा हालै निधन भएको हो। उनि केहि समयदेखि अस्वस्थ रहेका थिए ।

पोखरा उधोग बाणिज्य संघको कार्यसमितिको पुर्व सदस्य एबम सिद्दार्थ नगर उधोग बाणिज्य संघको पुर्व उपमहासचिब समेत रहेर काम गरिसकेका स्व प्रजु सत्य साई बिधाश्रम शैक्षिक गुठीका संस्थापक गुठियार रहेका थिए । स्व प्रजुको अन्त्येष्टिमा पोखराको औधोगिक एबम ब्यबसायिक, राजनीतिक एबम सामाजिक र धार्मिक क्षेत्रसंग सम्बन्धित व्यक्तित्वहरु सहभागी बनेका थिए ।

स्व. प्रजुका दुई छोराहरु मध्ये रबिन्सन नेपाली काँग्रेसको पोखरा महानगरपालिका -३ का पुर्व सभापति एबम सोही वडाका पुर्व वडाध्यक्ष समेत हुन । उनि गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य एबम अन्य बिभिन्न संघसंस्थामा समेत संलग्न छन। यसैगरी अर्का छोरा देबेन्सन नेपाल युवा उधमी मन्च पोखरा च्याप्टरका पुर्व अध्यक्ष एबम  पोखरा उधोग बाणिज्य संघ लगायत बिभिन्न संघसंस्थामा सक्रिय छन। स्व. प्रजुका दुई धर्मपत्नी सुधादेबी र सरस्वती प्रजु रहेको छन ।

स्व. प्रजुका चार छोरीहरु सरिता थापा, सुनिता मल्ल, शिला श्रेष्ठ र मिला श्रेष्ठ रहेको छन। उनीहरु पनि ब्यबसायिक गतिविधिमा सक्रिय छन। स्व. प्रजुकी जेठी छोरी सरिता र ज्वाईं विष्णुबहादुर थापाले पोखराको न्युरोडमा लामो समयदेखि निभा दी फेमिली स्टोर संचालन गरिरहेका छन भने कान्छी छोरी मिला श्रेष्ठ र ज्वाईं मनोज श्रेष्ठले पनि पोखराको न्युरोडमा मानस ट्रेडर्स मार्फत व्यापार ब्यबसाय संचालन गरिरहेका छन। मनोज श्रेष्ठ पोखरा उधोग बाणिज्य संघको बर्तमान उपाध्यक्ष समेत हुन। अर्की छोरी सुनिता मल्ल र ज्वाईं नारायण मल्ल चितवनमा तथा अर्की छोरी शिला श्रेष्ठ र ज्वाईं भरत श्रेष्ठ पोखराको चिप्लेढुंगामा ब्यबसायिक गतिविधिमा सक्रिय छन।

पोखराका अग्रज ब्यबसायी, सामजिक एबम धार्मिक व्यक्तित्व प्रजुको परिवार राजनीतिक क्षेत्रमा समेत जोडिएको कारण स्व. प्रजुप्रति श्रद्धान्जली प्रकट गर्न तथा परिवारजनमा समबेदना प्रकट गर्नको लागि बिभिन्न क्षेत्रका व्यक्तित्वहरु पुग्ने क्रम जारी छ।

२४ कार्तिक २०८३, मंगलवार २१:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा