Play

पोखरा सहित अन्य स्थानमा भएको जीप र मोटरसाइकल दुर्घटनामा परि ६ जनाको मृत्यु, १३ घाइते

गुरुकुल खबर


काठमाडौँ, नेपालीहरुको दोश्रो ठुलो चाडको रुपमा मनाइने तिहार पर्व आगमन भैरहेको बेला पोखरा लगायत मुलुकको दुई ठाउँमा भएका सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ। पोखरामा भएको मोटरसाइकल दुर्घटनाका अतिरिक्त रुकुम पश्चिममा भएको जीप दुर्घटना र नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटनामा परेर पांच जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको हो । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो ।

आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषित गरेको हो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत देखिए पनि घटनाको यथार्थ विवरणबारे सूक्ष्म अनुसन्धान जारी रहेको बताए । प्रहरीले दुर्घटनाको कारण र समय पहिचानका लागि थप प्राविधिक तथा अनुसन्धानमूलक विधिहरू अपनाइरहेको जनाएको छ ।

यसैबीच, रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार बिहान आठबिसकोट नगरपालिका – ५, थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेर भएको दुर्घटनामा परि घाइते भएकामध्ये केहीको अबस्था गम्भीर रहेको छ भने केहीको अवस्था सामान्य छ । घाइतेलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।

यसैगरी, नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सडकमा गुडेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार सोमबार बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको  थियो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका-५ घर भई हाल विदुर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका-१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

२३ कार्तिक २०८३, सोमबार १५:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा