पोखरा, पोखरा महानगरपालिका -४ चिप्लेढुंगाका युवा सुवर्ण केसीले दशैं तिहारजस्ता नेपालीहरुका चाडबाडलाई लक्षित गर्दै मुस्ताङमा उत्पादन हुने स्याउको ब्यापारमा आँफुलाई केन्द्रित गरेका छन। स्वरोजागरी सिर्जनागर्ने लक्ष सहित उनले ब्यबसाय संचालन गरेका उनले दशैंको बेलामात्र करिब ५ लाख रुपैया बराबरको स्याउको व्यापार गरेका थिए।
बिगत दुई दशकदेखि नेविसंघ र तरुण दल हुँदै नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील केसीले अघिल्लो स्थानीय तहको निर्बाचनमा पोखरा -४ को वडा सदस्यमा निर्बाचित भएर काम गरिसकेका छन। यस पटकको कांग्रेस महाधिबेशनमा उनि कास्की -२ को प्रदेश ख को सभापतिको प्रत्याशी थिए।
केसीले विगत पाँच वर्षदेखि मुस्ताङमा उत्पादित बिभिन्न प्रकारका स्याउ पोखरा ल्याएर बेचिरहेका छन। उनका अनुसार मुस्ताङको कालो किङ रोड अर्थात कालो गाला स्याउ, रातो गाला स्याउ, मुस्ताङको फुजी स्याउ, मुस्ताङको जोना प्रिन्स स्याउ, मुस्ताङको रेट डेलिसेस स्याउ, मुस्ताङकै गोल्डेन स्याउको व्यापार गरिरहेको छन ।
युवाहरू स्वरोजगार बन्नसके मात्र राजनीति एबम अन्य क्षेत्रमा अगाडी बढ्न सक्ने भएकोले मात्र नभएर स्वदेशी उत्पादनलाई प्रबर्द्दन गर्ने उद्देश्यका साथ यस किसिमको सिजनल व्यवसाय गरिरहेको उनि बताउँछन। उनले मुस्ताङमा उत्पादित स्याउ स्वादिलो र आंफ्नो उत्पादन भएकोले पनि मुस्तांगको सहित स्वदेशी स्याउहरू उपभोग गर्न सबैलाई आग्रह गरेको छन।
केसीबाट स्याउ खरिद गरेका कांग्रेस नेता गंगाधर पराजुलीले स्वदेशी उत्पादनको प्रबर्द्दन, युवा राजनीतिकर्मीले गरेको ब्यबसायलाई सहयोग र आंफुले पनि स्वादिलो स्याउ खाने र चाडबाडको बेला आउने आंफन्तलाई पनि खुवाउने उद्देश्यले केसीबाट स्याउ मगाएको बताए।















