Play

पोखराको लेकसाइडमा सोमबार मौलिक देउसी–भैलो उत्सव गरिने

गुरुकुल खबर


पोखरा, पर्यटकीय राजधानी पोखराको लेकसाइडमा यहि कात्तिक २३ गते सोमबार मौलिक देउसी–भैलो उत्सव गरिने भएको छ। पोखरामा आज शनिबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनले संयुक्त रुपमा देउसी–भैलो उत्सव गर्ने  भएका हुन। यस उत्सवमा सयपत्री फूल र सेलरोटीका स्टलसमेत राखिने आयोजकको भनाई छ।

देउसी–भैलो उत्सवमा विभिन्न जातजातिका १० वटा समूहले परम्परागत भेषभूषा र मौलिक शैलीमा देउसी–भैलो प्रस्तुत गर्नेछन्। सहभागी समूहहरूको मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिको आधारमा प्रतियोगिता सञ्चालन गरिने भएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक समूहलाई ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट हुने एक समूहलाई २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित ‘देउसी–भैलो च्याम्पियन’ घोषणा गरिने पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले  जानकारी दिए।

‘देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकोले परम्परागत शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यले देउसी–भैलो उत्सव आयोजना गरिएको र यसले पोखरा आएका पर्यटकलाई नेपाली संस्कृतिबारे जानकारी गराउन सघाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। उनले भने ‘पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ।’ यो उत्सवले मौलिक देउसी–भैलोको संरक्षण र पुस्तान्तरण गर्न तथा विदेशी पर्यटकलाई नेपाली तिहारबारे बुझाउन टेवा पुग्ने छ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराबारे प्रत्यक्ष जानकारी दिन यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए। देउसी–भैलो मनोरञ्जनको साधन मात्र नभई मौलिक पहिचान र सामाजिक एकताको प्रतीक भएको उनको भनाइ छ।  यस किसिमका सांस्कृतिक कार्यक्रमले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने  विश्वास पोखरा पर्यटन परिषद्का सचिब मिलन तिवारीले व्यक्त गरे। यस कार्यक्रममा नेपाल पर्यटन बोर्ड सहित गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान प्रवर्द्धकका रूपमा रहेका छन्।

२१ कार्तिक २०८३, शनिबार २२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा