काठमाडौं, माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा रोशन केसी पुन निर्बाचित भएका छन। नवनिर्बाचित अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छन।
माछापुच्छ्रे बैंकको २८औँ वार्षिक साधारणसभामार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका केसीलाई सञ्चालक समितिको ५६७औँ बैठकले आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त अध्यक्ष केसीको नेतृत्वमा बैंकले आगामी दिनमा संस्थागत सुशासन, सेवा विस्तार तथा बैंकिङ क्षेत्रको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ।













