Play

त्रिभुवन बिश्वबिधालयबाट नयाँ शैक्षिक कार्यक्रमका लागी कास्कीका आठवटा क्याम्पस योग्य, कतै चिन्ता कतै खुशी

गुरुकुल खबर


पोखरा, त्रिभुवन बिश्वबिधालयले देशभर संचालित बिभिन्न क्याम्पसलाई नयाँ कार्यक्रम संचालनको लागि आबश्यक पर्ने न्युनतम अंक दिने क्रममा कास्की जिल्लाभित्र संचालित बिभिन्न आठवटा कलेजलाई आबश्यक न्यूनतम अङ्क प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयको योजना महाशाखाको सूचना अनुसार नयाँ कार्यक्रम तथा सेक्सन थप गर्न न्यूनतम अङ्क प्राप्त गरेका क्याम्पसहारले तोकिएअनुसारको कार्यक्रम संचालन गर्न अनुमती पाउने भएका छन ।

त्रिभुवन बिश्वबिधालयबाट यस किसिमको अंक प्राप्त गर्ने कलेजहरुको संख्या ठुलो रहेको छ । जस अनुसार शिक्षा संकायतर्फ स्नातकोत्तर  तहका लागि ४८ वटा क्याम्पस, पीजीडिईको लागि १४ र स्नातक तहका लागि ७१ वटा क्याम्पस रहेका छन भने बिज्ञान तथा प्रबिधि संकायतर्फ १२८ वटा कलेज र मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फ स्नातक तहका लागि १०४ र स्नातकोत्तर तहका लागि ४० वटा क्याम्पसले न्युनतम अंक प्राप्त गरेका छन । यसैगरी ब्यबस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर तहका लागि २७५ वटा क्याम्पसले आबश्यक न्युनतम अंक प्राप्त गरेको त्रिभुवन बिश्वबिधालयले जनाएको छ ।

कास्की जिल्लाभित्र संचालित बिभिन्न नौ वटा कलेज परेको भएपनि उक्त सूचीमा पोखराको सबैभन्दा पुरानो र धेरै बिधार्थी संख्या भएको भनिएको क्याम्पस पृथ्वीनारायण क्याम्पस भने समेटिएको छैन । पृथ्वीनारायण क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमको लागि कुनै प्रस्ताव पेश नै नगरेको हो वा आबश्यक पर्ने अंक प्राप्त गर्न नसकेको भन्ने बारेमा भने थाहा हुन सकेको छैन ।

पोखरामा संचालनमा रहेका बिभिन्न क्याम्पसहरुमध्ये पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसले नयाँ कार्यक्रम संचालन गर्नको लागि आबश्यक पर्ने न्युनतम अंक प्राप्त गरेको जनाइएको छ । जस अनुसार पोखरा बहुमुखी क्याम्पसले बिबिए र एमबीएस, जनप्रिय क्याम्पसले बीएससी, सीएसआइटी, कालिका बहुमुखी क्याम्पसले बिआइटी, माउन्ट अन्नपूर्ण क्याम्पसमा बिआइटी, सोच कलेज अफ आइटीले बिबिए, बीएससी, सीएसआइटी र बिआइटी, जनप्रकाश बहुमुखी क्याम्पसले एमबीएस, त्रिवेणी इन्टरनेसनल कलेजले बिबिए कक्षा संचालन गर्नको लागि आबश्यक न्युनतम अंक प्राप्त गरेको छन ।

यसैबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्ने विष्णुप्रसाद भण्डारीले पोखराकै केहि निजि तथा सामुदायिक क्याम्पसले समेत नया कार्यक्रम थप गर्ने अनुमती पाउँदै गरेको अबस्थामा पोखराको ऐतिहासिक क्याम्पस पृथ्वीनारायण क्याम्पसको नाम सूचीमा नदेखिएको भन्दै चिन्ता प्रकट गरेका छन ।

आंफ्नो सामाजिक संजाल फेसबुकमा भण्डारीले लेखेका छन, ‘आङ्गिक क्याम्पसका लागि फरक प्रक्रिया छ ? यदि फरक प्रकृया हो भने पनि कुन कुन कार्यक्रम माग भएका छन र ति निबेदनको अवस्था के कस्तो छ ? क्याम्पस प्रशासन र व्यवस्थापन समितिले यस दिशामा के पहल गरिरहेको छ ? विद्यार्थी, शिक्षक र अभिभावकले यो जान्न पाउनुपर्छ। इतिहासको नाममा मात्र क्याम्पस चल्दैन, भविष्य पनि बनाउनुपर्छ।’

लेखनाथ क्षेत्रको सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तरको समेत अध्यापन गर्न त्रिभुवन बिश्वबिधालयबाट न्युनतम अंक प्राप्त भएको कुरा सार्बजनिक भएपछि सोही क्याम्पसमा प्राध्यापन गर्ने विश्वमोहन पौडेलले भने खुशी प्रकट गरेका छन ‘लेखनाथ र वरिपरिका क्षेत्रका आर्थिक रुपमा कमजोर परिवारका आफ्ना बाबुनानीहरु कक्षा १२ उत्तीर्ण भएपछि मोटो रकम खर्च गरेर स्नातक र स्नातकोत्तर अध्ययन गर्न लेखनाथ बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ।’

उनले लेखनाथ क्षेत्रका अभिवक र बिधार्थीहरुलाई आश्वस्त पार्दै लेखेका छन,’ब्यबस्थापन संकाय संचालन भैरहेकों लेखनाथको पहिलो सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पढाई हुने भएपछि संम्भबत: नेपालमा सबैभन्दा कम शैक्षिक शुल्कमा गुणस्तरिय शिक्षा प्राप्त गर्न आर्थिक रुपमा कमजोर अभिभाबक र बिद्यार्थिहरुलाई ठूलो राहत पुग्ने भएको छ। एउटै पाठ्यक्रम, उस्तै परिणाम र उत्कृष्ट नतिजा प्राप्त गर्न अब अनाबश्यक र चर्को शुल्क तिरेर अन्यत्र किन जाने ?’

कुन कुन क्याम्पस नयाँ कार्यक्रम संचालन गर्न योग्य भए त ? हेर्नको लागि तल क्लिक गर्नुहोस .

त्रिभुवन विश्व बिधालयबाट नयाँ कार्यक्रम संचालन गर्न योग्य भएका क्याम्पसहरु

२२ कार्तिक २०८३, आईतवार १२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा