पोखरा, पोखराको सबैभन्दा जेठो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले अब बिबिए र एमबीएसको कक्षा संचालन गर्न पाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले जारी गरेको सूचना अनुसार नयाँ कार्यक्रम तथा सेक्सन थप गर्न न्यूनतम अङ्क प्राप्त गरेका देश भरका कलेजको सूचीमा पोखराको सबैभन्दा जेठो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पस पनि परेको कारण अब उक्त कलेजले बिबिए र एमबीएसको कक्षा संचालन गर्न पाउने भएको हो।
२०४४ सालमा तत्कालिन पश्चिमान्चल बिकास क्षेत्रको पहिलो सामुदायिक क्याम्पसको रुपमा स्थापित पोखरा बहुमुखी क्याम्पसले निकै कठिन दिनहरु पार गर्दै आहिले आंफ्नो सुविधा सम्पन्न भवनबाट नै क्याम्पसका सबै कार्यक्रम संचालन गरिरहेको छ। पोखरा बहुमुखी क्याम्पसका प्रमुख शिशुकला पराजुली पौडेलका अनुसार २०४४ सालमा पोखरा -१, बगरमा संचालन गरिएको क्याम्पसले बिभिन्न आरोह अबरोह पार गर्दै २०७९ सालमा पोखरा -९ शान्तिबनमा आंफ्नो भवन निर्माण गर्न सफल भएको र हाल सोही सुबिधा सम्पन्न भवनमा क्याम्पसका सबै कार्यक्रम संचालन हुँदै आएको छन।

नयाँ भवन निर्माणमा क्याम्पसको संचालक समितिका पदाधिकारी एबम सदस्यहरु सहित बिभिन्न शैक्षिक व्यक्तित्वहरु र पोखरामहानगर पालिका सहित बिभिन्न संस्थाले महत्वपुर्ण सहयोग गरेको क्याम्पस प्रमुख पराजुलीले स्मरण गरिन। बिगतमा बिए र बिबिएसका कक्षा मात्र संचालन गर्दै आएको उक्त क्याम्पसले अब भने बिबिए र एमबीएसका कक्षा समेत संचालन गर्न पाउने भएपछि क्याम्पस परिवारमा खुशी छाएको छ ।
क्याम्पसमा हाल करिब ५ सय बिधार्थी अध्ययन गर्ने गरेकोमा नयाँ शैक्षिक कार्यक्रमको संचालनसंगै बिधार्थी संख्या पनि बढ्ने बिश्वास क्याम्पस प्रमुख पराजुलीको छ। क्याम्पसले आफ्ना शैक्षिक गतिविधि तथा भौतिक पूर्वाधारको निरन्तर विकास र उन्नयन गर्दै विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए ) प्रमाणपत्र पनि प्राप्त गर्न सफल भएको छ ।















