Play

देउवा निवासमा अत्यधिक पैसा भेटिएको र पैसाको सुरुंग रहेको भन्ने जस्ता विषय भ्रामक- देउवाको सचिबालय

'भदौ २४ गते डकैतीको शैलीमा निवासमा प्रवेश गरेर देउवा दम्पतीलगायत माथि सांघातिक आक्रमण गरियो'


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरु निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुंग रहेको भन्ने कुरा कपोलकल्पित रहेको भन्दै देउवाको तर्फबाट पहिलो पटक सार्बजनिक रुपमा खण्डन गरिएको छ ।  देउवाको निजि सचिबालयको नामबाट स्वकीय सचिब भानु देउवाले जारी गरेको बिज्ञप्तीमा ‘घरमा बनाइएको अन्डरग्राउण्ड पानी ट्यांकीलाई पैसा राख्ने भूमिगत ठाउँ सुरूङ्ग’ भनेर प्रचार गरिएको उल्लेख छ ।

जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको आक्रमणमा परि गम्भीर घाइते भएका पुर्ब प्रधानमन्त्री देउवा र तत्कालिन परराष्ट्रमन्त्री आरजु देउवालाई सुरक्षाकर्मीको पहलमा घरबाट उद्वार गरेर उपचारको लागि अस्पताल लगिएको थियो । देउवा दम्पतिको उपचार भैरहेको बेला बिभिन्न सामाजिक संजालमा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरु निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुंग रहेको जस्ता बिषयलाई लिएर प्रचार गरिएको भएपनि हालसम्म देउवाको तर्फबाट कुनै किसिमको प्रतिक्रिया सार्बजनिक भएको थिएन ।

नेपाली काँग्रेसका केहि नेता, कार्यकर्ताको तहबाट समेत सामाजिक संजालमा आएका बिषयमा पार्टी वा देउवाको तर्फबाट आधिकारिक धारणा सार्बजनिक गरिनुपर्ने आवाज उठेको अबस्थामा बिहिबार साँझ देउवाका स्वकीय सचिब भानु देउवाले जारी गरेको बिज्ञप्तीमा भदौ २४ गते डकैतीको शैलीमा नेपाली काँग्रेसका सभापतिको निवासमा प्रवेश गरेकाहरुबाट देउवा र वहाँकी धर्मपत्नी आरजु देउवा लगायत माथि सांघातिक आक्रमण भएको उल्लेख गरिएको छ ।

जेनजीको आन्दोलनलाई धमिलो बनाएर आआफ्नो कुत्सित मनसाय पुरा गर्न खोज्ने विभिन्न समुहहरुले उक्त दिन बिहानदेखि नै अकल्पनीय ढंगको आतंक सृजना गर्ने,राजनीतिक दलको कार्यालय र नेताहरुको निजि निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएको भन्दै बिज्ञप्तीमा भर्त्सना गरिएको छ। साथै बिज्ञप्तीमा जेनजी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएका सबै नेपाली आमाका सपुतप्रति पुर्ब प्रधानमन्त्री देउवाले भावपूर्ण श्रद्दान्जली एबम घाइतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्नुभएको उल्लेख गरिएको छ।

उक्त जघन्य अपराधिक घटनापछि पनि नेपाली काँग्रेस पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले बिभिन्न सामाजिक संजालहरुमा कपोलकल्पित समाचार सम्प्रेषण भैरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको पनि बिज्ञप्तीमा जनाइएको छ ।  “सामाजिक संजालमा देखाइएका कतिपय दृश्यहरु कपोलकल्पित,अतिरन्जित,र भ्रामक साथै देउवा र पार्टीलाई बदनाम गर्ने दुषित मनसायले फैलाएका भ्रामक समाचर हुन, यिनमा कुनै सत्यता छैन” बिज्ञप्तीमा भनिएको छ ।  साथै बिज्ञप्तीमा यसकिसिमका भ्रामक सुचनाको पछि नलाग्न सबै नेपाली बुवाआमा र दाजुभाई दिदीबहिनी सहित पार्टीका नेता र सदस्य सहित सबैमा आग्रह गरिएको छ  ।

देउवाको निजि सचिबालयबाट जारी बिज्ञप्ती यस प्रकार रहेको छ  ।

२ आश्विन २०८२, बिहीबार २२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा