Play

पोखरामा बिदेशी पर्यटकको लागि भाइटिका महोत्सव: यस बर्षको महोत्सबमा ५१ बिदेशी पर्यटक सहभागी

गुरुकुल खबर


पोखरा, पोखरामा आउने बिदेशी पर्यटकहरुले तिहार पर्वमा सहभागी भएर भाईटिका लगाउने कार्यक्रमले निरन्तरता पाइरहेको छ। पोखराका होटल ब्यबसायीहरुको संस्था होटल संघ पोखरा नेपालले १९ बर्ष अगाडी बिदेशी पर्यटकहरुलाई पनि नेपाली संस्कृति र परम्पराको बारेमा जानकारी गराउने र त्यसको माध्यमबाट बिदेशी पर्यटकहरुलाई पोखरा भित्र्याउने लक्ष सहित पोखरामा भाइटिका महोत्सव शुरु गरेको थियो । हरेक बर्ष तिहारको भाइटिकाको दिनमा हुँदै आएको भाईटिका महोत्सबमा हालसम्म बिभिन्न मुलुकका सैयौं बिदेशी पर्यटकहरु सहभागी भएर टिका लगाइसकेका छन ।

यस बर्षको तिहारका अवसरमा बुधबार आयोजना गरिएको १९ औं संस्करणको भाइटिका महोत्सवमा पनि विभिन्न मुलुकबाट पोखरा घुम्न आएका ५१ पर्यटकले टिका लगाएर नेपाली संस्कृतिको बारेमा जानकारी लिनुको साथै नेपाली संस्कृति र परम्परामा रमाउने प्रयास गरे । पोखराको लेकसाइडमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । महोत्सबमा अमेरिका, वेलायत, चीन, जापान, अष्ट्रेलिया लगायत विभिन्न १५ देशका पर्यटकले टिका लगाएको पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए ।

महोत्सबको आयोजक संस्था होटल संघका अध्यक्ष सुवेदीका अनुसार संघले भाइटिकालाई महोत्सवका रुपमा निरन्तरता दिएपछि पछिल्लो समय पोखराका बिभिन्न होटलमा बसेका पर्यटकलाई समेत होटल ब्यबसायी एबम होटलका कर्मचारीहरुबाट टिका लगाउने कार्यक्रम हुने गरेको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रबर्द्दन गर्ने र आपासी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव एबम टिका लगाउने कार्यक्रम हुँदै आएको अध्यक्ष सुबेदीले स्पष्ट पारे ।

आज बुधवार अर्थात भाईटिकाको दिन आयोजित महोत्सब कार्यक्रमका अवसरमा बिदेशी पर्यटकले नेपालीहरुसंगै देउसी भैलो खेल्दै रमाएका थिए । उनीहरुले तिहार पर्वमा बिशेष परिकारको रुपमा खाइने सेलरोटी लगायत अन्य परिकार समेत खाएका थिए । टिका लगाएपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुषहरुलाई ढाका टोपी उपहारस्वरुप प्रदान गरिएको थियो ।

टिका लगाएपछि लिथुएनियाबाट पोखरा घुम्न आएकी पर्यटक मोनिकाले नेपाली जनता र तिहारको सांस्कृतिक पक्ष आफूलाई मन परेको अनुभव सुनाइन् । मर्दि हिमाल पदयात्राका क्रममा आफूले राम्रोसँग हिमाल देख्न नपाए पनि पदयात्रा भने निकै स्मरणीय बन्न पुगेको उनको भनाई थियो । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगरपालिकाले यस बर्षको भाईटिका महोत्सवलाई सहयोग गरेको होटल संघले जनाएको छ।

२५ कार्तिक २०८३, बुधबार १९:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा