Play

कर कार्यालय पोखराद्वारा लक्षभन्दा बढी राजस्व संकलन: भ्याट, घरबहाल कर र ब्याज कर भने निकै कम

गुरुकुल खबर


पोखरा, आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात १ अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । त्यस अवधिमा कार्यालयले १ अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष राखेको भएपनि लक्ष भन्दा बढी राजस्व संकलन भएको हो । गत असोज मसान्तसम्ममा कार्यालयले लक्ष्य गरेभन्दा भन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी राजस्व संकलन भएको बुझिएको छ ।

कार्यालयले समग्र राजस्व संकलनमा लक्ष भन्दा बढी प्रगति गरेको देखिएपनि घर बहालकर, ब्याज कर र मूल्य अभिवृद्धि कर (मूअकर) मा भने लक्ष्य भन्दा निकै कम राजस्व  संकलन भएको बुझिएको छ । १ करोड ८१ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको घर बहालकर शिर्षकमा १ करोड ३१ लाख ३८ हजार रुपैयाँ (७२ प्रतिशत) मात्र राजस्व संकलन भएको छ।

यसैगरी ब्याज करतर्फ ९ करोड ८८ लाख ८२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा ४ करोड ८७ लाख १५ हजार रुपैयाँ (४९ प्रतिशत) मात्र संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिबप्रसाद ढुंगानाले गुरुकुल खबरलाई जानकारी दिए। मूल्य अभिवृद्धि करतर्फ पनि ५३ करोड ३२ लाख ९९ हजार रुपैयाँ लक्ष्य राखिएकोमा त्यस अबधिमा १५ प्रतिशत कम राजस्व संकलन भएको ढुंगानाले बताए ।

 प्रमुख कर अधिकृत ढुंगानाका अनुसार पोखरामा संकलित राजस्व मध्ये आयकर तर्फको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको हो । यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको भएपनि १ अर्ब ८ करोड ८३ लाख २२ हजार रुपैयाँ जम्मा भएको ढुंगानाले जानकारी दिए।

अन्तःशुल्क र अन्य कर संकलनमा पनि उल्लेखनीय प्रगति भएको छ । ६ करोड १७ लाख ४५ हजार रुपैयाँ लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् ८ करोड ८३ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै अन्य करमा ६१ लाख ७६ हजार रुपैयाँ लक्ष्य राखिएकोमा २ करोड ३७ लाख ६ हजार रुपैयाँ जम्मा भएको छ । नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा र करदाता प्रोत्साहन कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले बताए ।

२५ कार्तिक २०८३, बुधबार २०:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा