काठमाडौँ, फागुन २१ को निर्बाचनको अघिल्लो दिन काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ। चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको अबस्थामा भेटिएको बस्तु बम रहेको आशंका गरिएको बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उक्त बस्तु बम हो वा होइन भन्ने यकिन नभएको एसपी भट्टराईले जानकारी दिए । मध्यराति फेला परेको शङ्कास्पद बस्तु बुधवार बिहान सेनाले निष्क्रिय बनाउँदै छ ।
घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ । चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपछि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।
बम डिस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् । स्थानीय सर्बसाधारणको पनि उक्त स्थानमा बाक्लो उपस्थिति देखिएको छ ।
समबन्धित समाचार ..
निर्बाचन बिथोल्न खोज्ने १४२ जना र सामाजिक संजालबाट भ्रम फैल्याउने ३२ जना पक्राउ
बम भनिएको शंकास्पद बस्तु ‘कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास’ भएको पुष्टि
पोखरामा संकास्पद बस्तु भेटिएपछि बम डिस्पोजल टोली घटनास्थलमा, काठमाडौँमा गाडीमा आगजनी
कंचनपुर र काठमाडौँमा निर्बाचन प्रहरी र सरकारी कर्मचारी सहित तिन जनाको मृत्यु
निर्बाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेका सवारी दुर्घटना, तिनको मृत्यु, ९ जना घाइते















