Play

बम भनिएको शंकास्पद बस्तु ‘कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास’ भएको पुष्टि

गुरुकुल खबर


पोखरा, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा भेटिएको शङ्कास्पद वस्तु बम नभएर कृत्रिम गर्भाधानमा प्रयोग हुने सिमोन र नाइट्रोजन ग्यास भएको पुष्टि भएको छ । करिब दुई घण्टासम्म शङ्कास्पद वस्तुलाई बम भएको आशंका गरिंदा स्थानीय सर्बसाधारणहरु आतंकित बनेका थिए ।

शंकास्पद बस्तु रहेको भनिएको झोला सोहि ठाउँ नजिकै निर्बाचनमा खटिएका कर्मचारी अर्थात सहायक मतदान अधिकृतको रहेको बुझिएको छ । उक्त झोलालाई डिस्पोज गर्ने क्रममा स्थानीय सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

लेकसाइडको स्ट्रिट नम्बर १७ लालुपाते मार्गस्थित सिलाइ पसलमा एक अपरिचित व्यक्तिले आंफ्नो झोला केहि समय राखिदिन आग्रह गर्दै झोला छोडेर बाहिरिएका थिए ।उनि बाहिरिने बित्तिकै झोलाबाट धुँवासहित गन्ध आएको भन्दै सिलाइ पसलका संचालकले प्रहरीलाई खबर गरेका थिए

त्यसपछि नेपाली सेना र प्रहरी सहितको टोली उक्त स्थानमा पुगेको थियो नेपाली सेनाको बम डिस्पोजल टोली आएर संकास्पद बस्तु रहेको भनिएको झोलालाई डिस्पोज गर्ने क्रममा सिमोन सहितको नाइट्रोजन भेटिएको प्रहरीले जनाएको छ । उक्त झोलामा बम रहेको आशंकामा डिस्पोज गर्न लागेको भिडिओ सामाजिक संजालबाट समेत सार्बजनिक भएपछि भएपछि सोहि झोलाका सम्बन्धित व्यक्ति नै त्यहाँ आइपुगेका थिए ।

उक्त घटना पछि प्रहरीले झोला र सम्पर्कमा आएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उनी सोहि ठाउँ नजिकै रहेको तालबाराही उच्च माध्यमिक बिधयालय मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

१९ फाल्गुन २०८२, मंगलवार १५:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा