Play

कंचनपुर र काठमाडौँमा निर्बाचन प्रहरी र सरकारी कर्मचारी सहित तिन जनाको मृत्यु

गुरुकुल खबर


महेन्द्रनगर, सुदुर पश्चिमको कंचनपुर र बागमतीको काठमाडौँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा निर्बाचन प्रहरी र सरकारी कर्मचारीसहित तिन जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलवार उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले जानकारी दिए

यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगर पालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो । बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् । दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो

यसैगरी अर्को समाचार अनुसार काठमाडौँका नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् । उनी भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु हुन् । टिपरले कोइरालाले चलाएको प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । टिपर फोहोर संकलनमा प्रयोग हुने गरेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

१९ फाल्गुन २०८२, मंगलवार १३:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा