Play

कांग्रेसमा महाधिबेशनको विवाद : गगनको प्रस्ताब- पुष १६ देखि १९ मा र संस्थापनको प्रस्ताब- बैशाख २५ देखि २८ मा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव पार्टीको जारी केन्द्रीय समिति बैठकमा राखेका छन। पटक पटक स्थगित हुँदै आएको पार्टीको केन्द्रीय समितिको बैठकमा ढिलो गरि पुगेका महामन्त्री थापाले  बैठकको सुरूवातमा सम्बोधन गर्ने क्रममा आगामी पुस १६ देखि १९ सम्म नेपाली काँग्रेसको १५ औं महाधिवेशन गर्ने प्रस्ताब राखेको बताइएको छ।

नेपाली कांग्रेसको संस्थापन पक्षका केहि केन्द्रीय सदस्यहरुको हिजो सोमबार काठमाडौँमा सम्पन्न भेलाले पार्टीको १५औं महाधिवेशन वैशाखको अन्तिम साता गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताबसहित अन्य बिषयमा गरिएको प्रस्ताब पनि आजको केन्द्रिय समितिको बैठकमा प्रस्तुत गर्ने संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुको भनाई छ।

कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी बैशाखको २५ देखि २८ सम्म महाधिवेशन गर्ने र त्यस अगाडी पार्टीलाई प्रतिनिधिसभाको चुनाबमा केन्द्रित गर्नुपर्ने निर्णय गरेको थियो। संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नै नियमित महाधिबेशन गर्न र यदि नियमित नगर्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् । हस्ताक्षरकर्ताहरुले बिशेष महाधिबेशनको तयारी स्वरूप भन्दै मंगलवार नै काठमाडौँमा भेला समेत आयोजना गरेका छन।  बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा आज मध्याह्नदेखि भेला सुरू भएको छ। १४ औं महाधिवेशनका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।

महाधिबेशनको माग गर्दै हस्ताक्षर बुझाइएको भएपनि केन्द्रीय समितिले कुनै निर्णय नगरेपछि खबरदारी गर्नको लागि भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। भेलामा पार्टीको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरको साथै काठमाडौं र ललितपुर जिल्लाका सभापति लगायत सहभागी छन्।

बिशेष महाधिबेशनको लागि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित कांग्रेस नेता डा. शेखर कोइराला निकट भनिने नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे लगायतले अभियान नै चलाएर हस्ताक्षर गर्न लगाएका थिए।

कांग्रेस विधानको धारा १७ को उपधारा २ मा विशेष कारण खुलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ। सोही अनुसार मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गरे पनि कांग्रेसले विशेष महाधिवेशन प्रक्रिया सुरू गरेको छैन।

सम्बन्धित समाचार..

कांग्रेस संस्थापन पक्षका केन्द्रिय सदस्यहरुको भेला: केन्द्रीय समितिको बैठकमा बिभिन्न एजेण्डा प्रस्ताब गरिने

महाधिबेशनको बिषयमा कांग्रेसमा अन्योल यथाबत, केन्द्रिय समितिको बैठक आजपनि, बिशेष भेला मंगलवार

कांग्रेसमा महाधिबेशनको विषय पेचिलो बन्दै, कार्यतालिकामा सहमति जुटाउन मागियो ‘दुईदिनको समय’

कोइराला र थापासमूह पुष १६ मा महाधिबेशन गर्न सहमत, बैठकले मिति नतोके बिशेष महाधिबेशनको तयारी भेला गरिने

यथाशिघ्र महाधिबेशन गर्नुपर्ने पक्षमा कांग्रेसका महानगर समितिका सभापतिहरु

कांग्रेस बैठकमा नेताहरु: मङ्सिरमा महाधिबेशन असम्भव, चुनाबमा जाने कि संसद पुनर्स्थापना गर्ने ? स्पष्ट बनौं

१८ कार्तिक २०८२, मंगलवार १५:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा