Play

राष्ट्रपति पुत्री संज्ञा पोखरेलसहित कास्की कांग्रेसका पदाधिकारी, वडाध्यक्ष र अन्य नेताको हार, को को हारे ?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशनमा महाधिबेशन प्रतिनिधिको रुपमा सहभागी हुने उत्कट चाहना राखेका कास्कीको निर्बाचन क्षेत्र न. १ का केहि नेताहरु महाधिबेशन प्रतिनिधिमा नराम्रो संग पराजित बन्न पुगेका छन । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सहित कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारी र सचिब देबेन्द्र रानाभाटसहित जिल्ला कार्यसमितिका सदस्यहरु, स्थानीयतहमा निर्बाचित जनप्रतिनिधिहरु,  यस अगाडिका महाधिबेशन प्रतिनिधिहरु र पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका नेताहरुले पराजय भोग्नुपरेको छ ।

नेताहरु गिरिराज गौतम, बीरबहादुर बुढाथोकी, प्रकाश मोहन खनाल, दुर्गा सुबेदी, मुरारी शर्मा,कृष्णप्रसाद कोइराला, बिजयराज भण्डारी, दुर्गा लामिछाने, कानुन ब्यबसायीहरु बिष्णुकुशल भुजेल, फणिन्द्र कोइराला लगायतले पनि पराजय भोग्नुपरेको छ ।

राष्ट्रपति पुत्री संज्ञा पोखरेलले मात्र २८९ मत पाएकी थिईन खुला महिला क्लस्टरबाट महाधिबेशन प्रतिनिधिमा चुनाब लडेकी पोखरेललाई जीत हासिल गर्न ५४ मत अपुग भएको थियो । चारजना बिजयी महिलाहरुमध्ये कोपिला रानाभाटले ५६८, रेनुका गुरुङले ४१०, निशा मल्ल ठकुरीले ३७१ र डाल्डा देबी भुजेललाई ३४२ मत प्राप्त  संज्ञा पोखरेललाई पछाडी पारेकोमा अम्बिका गौतम आचार्यले पनि ३३५ मत पाएर पोखरेल भन्दा ४६ मतले पछाडी पारेकी थिईन ।

अम्बिका गौतम आचार्य ७ मतले मात्र पछाडी परेकोमा राष्ट्रपती पुत्री संज्ञा भने ५४ मतले पछाडी परेकी छन  । उनि यस आगाडी १४ औं महाधिबेशनमा पनि महाधिबेशन प्रतिनिधि निर्बाचित भएकी थिईन । महिला खुला तर्फ उमेदवारी दिएकी महिला नेतृहरु गंगाकुमारी मल्लले २७० मत, रामकुमारी पौडेलले १९१ मत, मिनादेबी सापकोटाले १४८ मत,बिमला कुमारी थाप बस्नेतले १५३ मत पाएका छन ।

खुला १० तर्फ २६ जनाको उमेदवारी परेकोमा अन्तिम १० मा बुद्दिमान गुरुङ परेका छन । उनले ३७३ मत पाएका थिए त्यस भन्दा थोरै मत पाएका १६ जना पराजित हुँदा कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारीले २५९ मत, कास्की कांग्रेसका सचिब देबेन्द्र भाटले २४५, पुराना कांग्रेस नेता ई. रामबहादुर केसीले ११९ मत, पुर्व महाधिबेशन प्रतिनिधि बीरबहादुर बुढाथोकीले १५८ मत मात्र पाएका छन ।

यसैगरी प्रकाश मोहन खनालले ३०७ मत, पोखर -३० का वडाध्यक्ष एबम यस अगाडिका प्रदेश सभापति दुर्गाप्रसाद सुबेदीले २५९ मत, अर्का पुर्व प्रदेश सभापति कृष्णप्रसाद कोइरालाले २६३, पोखरा -२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले १५१ मत, नेविसंघ त्रिविका पुर्व सभापति सन्तोष पौडेलले १४१ मत, बरिष्ठ अधिबक्ता बिश्नुकुशल भुजेलले ९१ मत मात्र पाएकोले महाधिबेशनमा सहभागी बन्ने अवसरबाट बन्चित रहे ।

यसैगरी पटक पटक महाधिबेशन र महासमिति सदस्य रहेका गिरिराज गौतम पनि यसपटक पराजित हुन पुगे । उनले २८४ मत मात्र पाएका थिए यसैगरी नेपाल उधोग बाणिज्य महासंघका बर्तमान कार्यसमिति सदस्य गोकर्ण कार्कीले १५१ मत, तरुणमणी सुबेदीले १०६ मत, केशबहादुर गुरुंगले २६२ मत, शिवनाथ सिग्देलले २०८ मत र मुराहरी कोइरालाले १५४ मत मात्र पाएकको कारण पराजित हुन पुगे । कोइराला प्रदेश क को सभापतिको दौडमा लागेकोमा कृष्ण केसी समेतको जोडबलमा उनलाई ब्याक गराएर महाधिबेशन प्रतिनिधिमा चुनाब लडाइएको थियो ।

यसैगरी श्रमिक तर्फ नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिमा दशकौं देखि निरन्तर लागेका मुरारी शर्मा पनि पराजित भएका छन उनि ५ मतको झिनो अन्तरले पराजित बनेका हुन मुरारीले ३८६ मत पाउँदा कृष्ण बहादुर केसीले भने ३९१ मत पाएर बिजयी भए ।

पेशागत तर्फ पनि कास्की कांग्रेसका मनोनित जिल्ला सदस्य सुरेन्द्र प्रसाद अधिकारीले १६३ र ई. सागरमोहन भट्टराईले १८१ मत मात्र पाएर दुबै पराजित बने । उनि दुवैजना कास्की कांग्रेसका सभापति किशोर दत्त बरालले मनोनित गरेका जिल्ला सदस्य हुन । त्यस क्लस्टरबाट बरिष्ठ अधिबक्ता फणिन्द्र कोइरालाले १२२ र प्राज्ञ कृष्णकुमार गुरुङले १८९ मत मात्र पाएका थिए । यस क्लस्टरबाट डा. विनायक पण्डितले २२६ मत पाएर चुनाब जितेका छन । कांग्रेसका अन्य जिल्ला धनमाया गुरुङले १७९, तारादेवी गुरुङले १७६, लोककुमारी गुरुङले २०५ र चन्द्रमाया गुरुङले १२७ मत मात्र प्राप्त गरेकोले पराजित हुन पुगे ।

यसैगरी नेपाल शिक्षक संघ कास्कीका पुर्व अध्यक्ष एबम नेपाल ट्रेड युनियन कांग्रेसका पुर्व अध्यक्ष विजयराज भण्डारी पनि प्रजातन्त्र सेनानी क्लस्टरबाट नबिन बाबु पौडेलसंग पराजित बने । भण्डारीले ३१६ र पौडेलले ३४१ मत पाएका थिए सोही क्लस्टरबाट चुनाब लडेका युवा सर्वेन्द्र नेउपानेले १७६ मत मात्र पाएका छन ।

युवा महिला तर्फ सोना राणाले २८८ मत पाएर चुनाब जित्दा अम्बिका भट्टराईले २३३, अधिबक्ता भावाना पौडेलले २२७ र रीतिका सुबेदीले १२५ मतमा चिता बुझाउनुपरेको थियो । खस आर्य महिला तर्फ यस अगाडिको महाधिबेशन प्रतिनिधि दुर्गा लामिछाने पनि पराजित हुन् पुगिन । गण्डकी प्रदेश नीति योजना आयोगको सदस्य समेत रहेर काम गरेकी उनले ३८० मत पाएकोमा इन्द्रमाया बानियाले ४८६ र शान्तिकुमारी खनालले ४७० मत पाएर चुनाब जितेका छन । सरिता कार्की लोबिसाले पनि सोहि क्लस्टरबाट चुनाब लडेकोमा ३०० मत मात्र पाएकोले पराजित हुनुपर्यो ।

खस आर्य तर्फ दिपकचन्द्र बराल, खेमराज अधिकारी र प्रेमप्रसाद सुबेदीले क्रमश: २२६, १६३ र १८२ मत पाएको भएपनि पोखरा- १३ का वडाध्यक्ष किरण बरालले ६०२ र पोखरा -१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले ५०३ मत पाएर चुनाब जितेका छन ।

सम्बन्धित समाचार ..

कास्की क्षेत्र न. १ को सभापतिमा ६१ मतको अन्तरले सरोज बिजयी, पछिल्लो तालमेलले ओमप्रकाशलाई धक्का

कास्कीमा कांग्रेसको अधिबेशन: कास्की -१ को प्रदेश ख को सभापतिमा अर्जुन गुरुङ बिजयी

कास्की- १ मा कांग्रेस महाधिबेशन प्रतिनिधिको चुनाब: परियार पहिलो र केसी दोश्रो, अन्य को को?

१६ आश्विन २०८३, शुक्रबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा