Play

कांग्रेसमा देउवा समुहको गण्डकी प्रदेशस्तरीय भेला शनिबार, बृहत्तर एकताका लागि भेलाको आयोजना गरिएको भनाई

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसममा बिशेष महाधिबेशन र नियमित महाधिबेशनको पक्षधरको रुपमा शुरु भएको आन्तरिक बिबाद तिब्र बन्दै जाँदा दुवै पक्षका गुटगत भेला गर्ने क्रम जारी छ। यसैक्रममा १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा निकट मानिने र बिशेष महाधिबेशनको बिपक्षमा रहेको संस्थापन ईतर समूहले यहि बैशाख ९ गते शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय भेलाको आयोजना गरेको छ ।

नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा नाम दिईएर गर्न लागिएको प्रदेशस्तरीय भेलामा नेपाली काँग्रेसका पुर्व महामन्त्री डा. शसांक कोइराला प्रमुख अतिथिको रुपमा रहने र १४ औं महाधिबेशनबाट निर्बाचित मेब्म मनोनित केन्द्रीय सदस्यहरु सहित अन्य नेताहरु अतिथिको रुपमा सहभागी बन्ने बताइएको छ।

भेलाको बारेमा जानकारी दिन बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भेलाको संयोजन गर्ने जिम्मेवारी पाएका नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीभित्र विचार र बहसको संस्कृति जोगाउन भेला आयोजना गरिएको दाबी गरे ।

उनले भेलालाई पार्टी फुटाउने अभियानको रुपमा नलिन र पार्टी भित्रको बृहत्तर एकता रा आगामी दिनमा पार्टीलाई कसरि अगाडी बढाउने भन्ने बारेमा छलफल गर्न भेला आयोजना गरिएको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा पार्टीको १४ औं महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्बाचित गुरु बराल, मनोनित केन्द्रीय सदस्य शारदा पौडेल. आमन्त्रित केन्द्रिय सदस्य पुष्पराज पराजुली, कास्की कांग्रेसका नेता ऋषिराम काफ्ले लगायतको सहभागिता रहेको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य पुष्पराज पराजुलीले पार्टी सभापति गगनकुमार थापाले पार्टीभित्र फरक मत राख्नेको कुरा नसुन्ने र विशेष महाधिवेशनमा सहभागी नभएकालाई पाखा लगाउने काम गर्दै आएको भन्दै असन्तुष्टि प्रकट गरे ।

काँग्रेसभित्र दुई समुहबीच केहि कुरामा सहमति पनि भएको तर ती कुराहरु  कार्यकर्तासामु नआएको भन्दै उनले पार्टी भित्र आमसहमति गर्न नसक्नुमा संस्थापन पक्षको हठ नै प्रमुख कारण रहेको स्पष्ट पारे।

कांग्रेसभित्र विचारको प्रतिस्पर्धा र वैचारिक बहसको पुरानो परम्परा रहेको उल्लेख गर्दै पराजुलीले अहिलेको भेला त्यसैको निरन्तरता भएको बताए । पराजुलीले पार्टीलाई विभाजन गर्न नभएर पार्टीलाई एकतावद्ध बनाउन बिशेष महाधिबेशनको बिपक्षमा रहेका साथीहरुले प्रदेशस्तरमा यस किसिमको भेलाको आयोजना गरेको जानकारी दिए । सोहि अनुरुप बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशमा यस किसिमका भेलाहरु भैसकेको बताइएको छ ।

उनले नेपालको संविधान निर्माण प्रक्रियामा कांग्रेसको भूमिका स्मरण गर्दै तत्कालीन सभापति सुशील कोइराला र नेता कृष्णप्रसाद सिटौलाले दलहरूबीच सहमति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । संविधान कुनै एक दलको दस्तावेज नभई सहमतिमा बनेको राजनीतिक दस्तावेज भएको उनको भनाइ थियो ।

कांग्रेस नेता पराजुलीले नेपालभित्र विदेशी प्रभाव बढ्दै गएको, संवेदनशील क्षेत्रमा विदेशी कम्पनीको पहुँच विस्तार भएको, सगरमाथा क्षेत्रमा विदेशी कम्पनीको गतिविधि, चोभार र वीरगञ्ज क्षेत्रमा अमेरिकी कम्पनीको डाटा सेन्टर स्थापना गर्ने जस्ता निर्णयले सरकारको भूमिकाप्रति आशंका गर्नुपर्ने ठाउँ पर्याप्त रहेको दाबि गरे।

कांग्रेसभित्र एकता कायम हुन नसके मुलुकमा अनपेक्षित राजनीतिक दुर्घटना हुन सक्ने चेभन्दै पराजुलीले राष्ट्रिय शक्ति, लोकतान्त्रिक शक्तिहरू र अन्य दलबीच समन्वय गर्न सक्ने क्षमता कांग्रेससँग मात्र रहेको कारण पनि पहिले पार्टीभित्रै एकता आवश्यक रहेकोमा जोड दिए।

नेपाली काँग्रेसका अर्का पूर्व केन्द्रीय सदस्य गुरु बरालले बिशेष महाधिबेशनबाट नेपाली कांग्रेसको सभापतोई बनेका गगन थापा सबै कांग्रेसजनको सभापति सम्झेर काम गर्नुपर्नेमा एउटा गुटको मात्र सभापति भएजस्तो गरेर काम गरेको आरोप लगाए ।

बरालका अनुसार उक्त भेलामा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि वढाउने ? विशेष महाधिवेशनमा सहभागी नभएको नेताको स्थान के हुने ? र पार्टीको आगामी कार्यदिशाको बारेमा छलफल गरिने छ ।

बरालले कांग्रेसभित्र लामो समयदेखि नीति, कार्यक्रम र रणनीतिबारेमा बहस हुन नसकेको भन्दै पार्टी भित्रको एकता, संघिय सरकारको कार्यशैली र गण्डकी प्रदेश सरकारले नागरिकको पक्षमा गर्नुपर्ने कामका बिषयमा पनि भेलामा छलफल हुने बताए ।

पत्रकार भेटघाट कार्यक्रमामा नेताहरूले क्रियाशील सदस्यता अध्यावधिक गर्ने प्रक्रियाप्रति पनि असन्तुष्टि जनाए । नेता पराजुलीले पन्धौं महाधिवेशनका लागि एकपटक नवीकरण गरिसकेका सदस्यलाई पुनः नवीकरण गराउन खोजिएको भन्दै प्रश्न उठाए ।

यसैगरी अर्का नेता बरालले प्रविधिमार्फत सदस्यता अध्यावधिक गर्ने अभियान अझै व्यवस्थित नभएको र नेतृत्वबीच सहमति अभावका कारण विवाद बढेको स्पष्ट पार्दै पार्टीमा सहमति हुन नसके कांग्रेसभित्र थप विभाजन र संकट उत्पन्न हुन सक्ने चेतावनी पनि दिए ।

भेलामा गण्डकी प्रदेश अन्तर्गतको प्रदेश समितिसहित जिल्ला, क्षेत्र, पालिका सभापतिहरु सहित महाधिबेशन प्रतिनिधि र कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ ।

सम्बन्धित समाचार

नेपाली काँग्रेस बिराटनगरमा संस्थापन इतरको भेला: क्रियाशील सदस्यताको इन्ट्री प्रक्रिया तत्काल रोक्नुपर्नेमा जोड

विभाजनको संघारमा पुगेको कांग्रेसमा भेलाहरु जारी, बृहत एकताको लागि भेलाको आयोजना गरिएको दुवै पक्षको दाबि

७ जेष्ठ २०८३, बिहीबार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा