Play

नेपाली काँग्रेस बिराटनगरमा संस्थापन इतरको भेला: क्रियाशील सदस्यताको इन्ट्री प्रक्रिया तत्काल रोक्न माग

गुरुकुल खबर


विराटनगर, नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरण र आन्तरिक विवाद चर्किरहेका बेला विराटनगरमा संस्थापन इतर पक्षको छुट्टै भेला बसेको छ । भेलाले निष्पक्ष र विवादरहित महाधिवेशन सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ । भेलाले अहिले भइरहेको नयाँ क्रियाशील सदस्यता इन्ट्री र नवीकरण प्रक्रिया तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि नै सदस्यता नवीकरण सम्पन्न भइसकेको अवस्थामा पुनः नयाँ प्रक्रिया अघि बढाउँदा पार्टीभित्र थप विवाद सिर्जना भएको भेलाको ठहर छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंको सभापतित्वमा जानकी सेवा सदनमा आयोजित भेलामा पार्टीभित्र बढ्दो असन्तुष्टि, क्रियाशील सदस्यता विवाद र महाधिवेशन तयारीबारे छलफल गरिएको थियो। सभापति चापागाईंले केन्द्रले क्रियाशील सदस्यता अद्यावधिकका लागि दिएको समयअघि वडा सभापतिहरूलाई बेवास्ता गर्दै अन्य व्यक्तिलाई परिचालन गरिएको भन्दै वडास्तरबाट व्यापक विरोध आएको बताए । त्यसैको प्रतिक्रिया स्वरूप भेला आयोजना गरिएको उनले स्पष्ट पारे ।

भेलामा सहभागी कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले जबर्जस्ती लादेको निर्णय मान्न नसकिने बताउँदै भने, “तल धेरै साथीहरू क्रियाशील अध्यावधिक नगराउने पक्षमा हुनुहुन्छ ।” नेपाली कांग्रेस कोसी प्रदेशका महामन्त्री भूपेन्द्र राईले कार्यकर्ताको मनोभाव लत्याएर लादिएको निर्णयको विषयमा ठूलो असन्तुष्टि भएको बताए ।

नेपाली कांग्रेस बिराटनगर हामीले यसअघि नै नवीकरण गरेर काम सकिसकेका छौँ । अब त्यही आधारमा महाधिवेशन गराउनुपर्छ,” नेपाली काँग्रेस बिराटनगर महानगरपालिकाका सभापति चापागाईंले भने, ‘हामी प्रविधिको विरोधी होइनौँ, तर अहिलेका लागि पुरानै नवीकरणलाई मान्यता दिएर महाधिवेशनमा जानुपर्छ ।” भेलामा करिब १५० नेता तथा कार्यकर्ता सहभागी थिए ।

सभापति चापागाईंले भेलालाई ‘फेयर महाधिवेशन पक्षधरहरूको नियमित भेला’का रूपमा व्याख्या गर्दै पार्टीभित्र जालझेल नगरी एकताबद्ध भएर महाधिवेशनमा जानुपर्नेमा जोड दिए । भेलाले पार्टीका सकारात्मक कामको समर्थन गर्ने तर, पक्षपातपूर्ण निर्णय र गलत प्रवृत्तिको सामूहिक प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । वडा तहदेखि नै देखिएको सदस्यता विवाद समाधान नगरी अघि बढे पार्टीभित्र थप संकट निम्तिन सक्ने चेतावनी समेत नेतृत्वलाई दिइएको जनाइएको छ ।

७ जेष्ठ २०८३, बिहीबार २३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा