Play

मुग्लिंग-नारायणगढ सडकमा पहिरो: पृथ्वीराजमार्गमा सैयौं सवारी साधन र हजारौं यात्रु अलपत्र

आइतबार बिहानबाट मात्र सडक खुलाउन प्रयास गरिने, सडकमा रहेका यात्रुहरु आँफै सुरक्षित भएर बस्न सुरक्षाकर्मीको आग्रह


गुरुकुल खबर


पोखरा, मुग्लिन–नारायणगढ  सडक खण्डमा पर्ने तुइन खोला नजिकै पहिरो गएका कारण सडक अबरुद्ध बन्दा शुक्रबार साँझदेखि हजाराैँ यात्रुहरु पृथ्वीराजमार्गको सडक खण्ड र मुग्लिंग- नारायणगढ सडक खण्डमा अलपत्र परेका छन् । पहिरो गएको स्थान मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा रहेपनि सोहि कारणले पोखरा काठमाडौँबाट देशको बिभिन्न स्थानमा जाने र पोखरा लगायतका स्थानबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौँ जाने सैयौं सवारीसाधन रोकिंदा त्यहाँ रहेका हजारौं यात्रुहरू मर्कामा परेका हुन् ।

शनिबार बिहान पोखराबाट काठमाडौँको लागि हिडेकी शिसुकला पराजुलीले गुरुकुल खबरसंग कुरा गर्दै मुग्लिग भन्दा करिब ३ किलोमिटर वर नै आँफुहरु रोकिनुपरेको बताइन। जंगल जस्तो ठाउँमा घन्टौंसम्म रोकिनुपर्दा यात्रुहरुले धेरै समस्या भोग्नुपरेको भन्दै उनले सवारी साधनको आवागमनमा तत्काल बैकल्पिक उपाय गर्नुपर्नेमा जोड दिईन।

कतिपय यात्रुहरु महत्वपूर्ण कामको लागि त कतिपय नेपाल बाहिर जानको लागि काठमाडौँ जान हिंडेका छन तर बिच सडकमा अलपत्र पर्नुपर्ने बाध्यताका कारण यात्रुहरुले मानसिक एबम अन्य समस्या भोग्नुपर्ने अबस्था देखिएको पराजुलीले बताइन। हजारौं यात्रु र सैयौं सवारी साधन घन्टौं देखि राजमार्गमा बन्द हुँदा पनि सरकारको संयन्त्रले पहल गरेर सडक सुचारु गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाई छ।

यसैबीच, मुग्लिंग प्रहरीले भने सडक खुल्ने सम्भावना नरहेको जनाएको छ। मुग्लिंगस्थित प्रहरी कार्यालयका एक सुरक्षाकर्मीले गुरुकुल खबरसंग कुरा गर्दै बिगत २४ घण्टादेखि नै सडक अस्तव्यस्त रहेकोले शनिबार बेलुका सडक सुचारु हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे। “आइतबार बिहान पहिरो पन्छाउने र सडक खुलाउने प्रयास हुनेछ। त्यसैले जो जो जस्तो ठाउँमा हुनुहुन्छ सबैजना यात्रु सुरक्षित भएर बस्नुभए हुन्छ” उनको भनाइ छ ।

‘मुग्लिनमा हजाराैँ यात्रु अलपत्र छन् । आबुखैरेनीमा पनि त्यस्तै छ ।  देशभरका सबै सडक अस्तव्यस्त नै छ । यता बीपी राजमार्गको चौकिडाँडा, नारायणगढ–बुटवल खण्ड अन्तर्गत दाउन्नेमा पनि हिजोदेखि सडक अस्तव्यस्त बनेको छ । अब हेरौँ, काम गर्दैछन्, के–के हुन्छ सहजीकरण । मैले पहिल्यैदेखि यस्तो अवस्था आउँछ भनिरहेको थिए । सडक मर्मत नगरी टिकट बुकिङ खुला गर्दा रिस्क हुन्छ, नगरौँ भनेको हो ।’ नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शुक्रबार साँझ देखि नै मुग्लिंग लगायत बिभिन्न स्थानमा यस किसिमको समस्या उत्पन्न भएको बताए।

वरिष्ठ उपाध्यक्ष सिटौलाले मुग्लिन–नारायणगढ सडक खण्ड र मुग्लिन–काठमाडौँ सडक खण्डमा भएका खाल्डाखुल्डी लामो समयदेखि मर्मत नभएको र ग्रामीण क्षेत्रका सडकहरूको अवस्था त झनै नाजुक रहेको बताए । उनले अवरुद्ध सडक खोल्नका लागि तत्काल ह्याभी  इक्विपमेन्टहरू परिचालन गर्नुपर्ने, विशेष गरी बीपी राजमार्गको चौकी डाँडा जस्ता संवेदनशील क्षेत्रमा पनि तत्काल ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन । यात्रुवाहक सवारी साधनलाई सुरक्षाको नाममा अनावश्यक चेकजाँच गरी दुःख दिनुभन्दा उनीहरूको सहज आवागमनलाई र अत्यावश्यक खाद्यान्न र यात्रु बोकेका सवारी साधनलाई पनि प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन ।

सम्बन्धित समाचार ..

मुग्लिंग- नारायणगढ सडक खण्डको तुईनखोलामा निरन्तर पहिरो, शनिबार सडक खुल्ने सम्भावना कम

दशैंको आगमनसंगै यात्रुबाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला

४ आश्विन २०८२, शनिबार २०:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा