Play

दशैंको आगमनसंगै यात्रुबाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला

गुरुकुल खबर


पोखरा, नेपालीहरुको महान पर्ब बिजया दशमीको आगमनसंगै सरकारले यात्रुवाहक सवारी साधनको लागि सोमबारदेखि रुट परमिट खुला गर्ने निर्णय गरेको छ । यो निर्णयसंगै अब यातायात ब्यबसायीहरुले आआफ्नो अनुकुल रुटमा निर्बाध रुपमा यात्रुबाहक सवारी साधन संचालन गर्न पाउने भएका छन ।

दशैंको घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म अर्थात (असोज ६ गतेदेखि २२  गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ ।

त्यस्तै, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने समेत विभागले जनाएको छ ।

४ आश्विन २०८२, शनिबार १९:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा