पोखरा, मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो नरोकिएपछि २० घण्टादेखि अबरुद्ध बनेको राजमार्ग आज पनि खुल्ने सम्भावना कम देखिएको छ। पहिरो खसेको ठाउँमा ससाना पहिरो खस्ने र ढुंगाहरु खस्ने क्रम निरन्तर रहेकोले राजमार्ग खोल्न समस्या भएको हो।
पहिरो पन्छाउने काम भैरहेको भएपनि पहिरो नरोकिएको कारण समस्या आएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । “सवारी आवागमन छिटो गराउन प्रयत्नशील छौं, तर पहिरो निरन्तर आएकाले काम गर्न कठिन भएको छ,” उनले सडकको दुबैतर्फबाट पहिरो पन्छाउनका लागि उपकरण प्रयोग गरिएको जानकारी समेत दिए, पहिरो आउने क्रम रोकिएन जसका कारण आज राजमार्ग खुल्ने सम्भावना अत्यन्त कम छ । प्रजिअ अर्यालले भने
बिहान सबेरैदेखि फिल्डमा नै खटेर काममा लागेका छौं तर परिणाम आएको छैन । साँझसम्म यातायात सञ्चालन गर्ने प्रयास गरिएको तर अहिले कठिन देखिएको उनले बताए । शनिबार दिउसो करिब दुई बजेसम्म पनि पहिरो खसिराखेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान करिब ८ बजे ठुलो पहिरो खसेको र दिउँसो पनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उनले बताए ।















