Play

नियमित महाधिबेशन पक्षधर कांग्रेस नेताको भनाई: हामी सत्यको पक्षमा छौं, आधिकारिकता मिल्नेमा ढुक्क छौं

कांग्रेसलाई कमजोर बनाउन बिदेशीको नियोजित षडयन्त्रमा बिशेष महाधिबेशन पक्षधर साथीहरु परे - नेता शंकर भण्डारी


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसमा नियमित १५ औं महाधिबेशनको पक्षमा रहेको समुहले कास्की जिल्लाको बिभिन्न तहको भेला एबम अधिबेशन सम्पन गरेको जनाएको छ। यहि असोज १५ गतेबाट वडा, पालिका, प्रदेश सभा निर्बाचन क्षेत्र र संघिय निर्बाचन क्षेत्र तहको अधिबेशन शुरु गरिएकोमा केहि वडा बाहेक सबैजसो तहको अधिबेशन सम्पन्न भएको जनाइएको छ।

जिल्लाको बिभिन्न स्थानमा आयोजित बिभिन्न तहको अधिबेशनको उद्घाटन पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य एबम नेपाल सरकारका पुर्व मन्त्री शंकर भण्डारी, अर्का केन्द्रीय सदस्य गुरु बराल र कांग्रेस नेता एबम पुर्व राज्यमन्त्री महादेव गुरुङ लगायतले गरेका थिए।

नेपाली काँग्रेसको पोखरा महानगर कार्यसमितिको अधिबेशनको उद्घाटन गर्दै कांग्रेस नेता एबम पुर्व मन्त्री शंकर भण्डारीले भदौ २३ र २४ गतेको जेनजी बिद्रोहका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण गरिएको घटना, कांग्रेस केन्द्रीय कार्यालय सहित बिभिन्न जिल्लामा रहेका पार्टीका ७२ बढी संरचना ध्वस्त पारिएको घटना, पार्टीका ८३ जना नेता कार्यकर्ताको घर जलाइएको घटनाको समिक्षा  कांग्रेसले गर्न नचाहेको बताए ।

उनले अघिल्लो चुनाबमा कांग्रेसको १० लाख बढी मत घटेको बिषय र बिशेष महाधिबेशनबाट सभापति बनेका गगन थापा सहित अधिकांश नेता कार्यकर्ताले चुनाबमा नियोजित किसिमले पराजय भोग्नुपरेको घटनाको सम्बन्धमा बिशेष महाधिबेशनबाट बनेको नेतृत्वले कुनै किसिमको समिक्षा गर्न नचाहनुको पछाडी को नियत के हो ? भनि प्रश्न गरे।

जेनजी बिद्रोहपछि कांग्रेसलाई कमजोर बनाएर चुनाबमा सहभागी हुने बाताबरण बनाउन बिशेष महाधिबेशनको माध्यमबाट गगन थापालाई सभापति बनाउने र निर्बाचन आयोग अनि अदालतको समेत प्रभावमा पारेर आधिकारिकता दिलाएर कांग्रेसलाई चुनाबमा सहभागी बनाउंदा १० लाख मत घटेको र स्वयम् गगन थापा पनि पराजित हुनुपरेको भण्डारीले बताए । उनले बिगतमा २१ जनाको केन्द्रीय समितिले पनि पार्टी चलाएको तर अहिले सहमहामन्त्री मात्र १५ जना बनाएर हास्यास्पद काम गरेको आरोप लगाए ।

भण्डारीले कांग्रेस जोगाउन मात्र नभएर मुलुक जोगाउन, राष्ट्रियता जोगाउन अनि नेपाली संस्कृति र परम्परा जोगाउन नियमित महाधिबेशनको तयारीमा आँफुहरु जुटेको बताउंदै अर्को दवाब, प्रभाव र भ्रममा नपरी अगाडी बढ्न सबैलाई आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसलाई विभाजित गरि कमजोर बनाउने र रास्वपालाई दुई तिहाई दिलाउने बिदेशीको नियोजित षडयन्त्रमा परेर कांग्रेसका केहि साथीहरुले बिशेष महाधिबेशन गरेको बताए । उनले आँफुहरु राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा उभिएको उल्लेख गर्दै जनमत वा भिडले गर्ने निर्णयकै पछाडी दौडिनु भन्दा सत्य र न्यायको पछाडी लाग्नुपर्नेमा जोड दिए।

पुर्व राज्यमन्त्री महादेव गुरुङले बिशेष महाधिबेशनबाट सभापति बनेका गगन थापाले अघिल्लो चुनाबमा टिकट दिंदा पनि आर्थिक लेनदेन गरेको र यसपटक महाधिबेशनमा किशोरसिंह राठौरलाई पनि आर्थिक प्रभावमा पारेर उमेदवारी फिर्ता गराएको आरोप लगाए। उनले असली कांग्रेस आँफुहरु नै रहेको भन्दै आसन्न चुनाबमा कांग्रेसका उमेदवारलाई बिजयी गराउन तल्लो तहबाट संगठन बलियो बनाउनुपर्नेमा जोड दिए।

कास्की जिल्लामा अधिबेशन गराउन खटिएका नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एबम तनहु जिल्ला अधिबेशन तयारी समितिका संयोजक कृष्ण प्रसाद गौतमले अहिले पार्टी भित्रको लडाई पाण्डव र कौरवको बिचको जस्तो रहेको उल्लेख गर्दै आँफुहरु सत्य र इमानको पक्षमा रहेकोले अन्तिममा कांग्रेसको आधिकारिकता पनि देउवा सभापति र डा. शशांक कोइराला संयोजक रहेको समुहले नै पाउने दाबी गरे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले काठमाडौँमा हाल जारी महाधिबेशनमा बिधान अनुसार ७५ जना मात्र मनोनित गर्न मिल्ने भएपनि ३ सय जना मतदाता महाधिबेशन प्रतिनिधि मनोनित गरेको र यस्तो अबस्थामा पनि चुनाब हारिन्छ कि भन्ने डरले उमेदवारी दिएकाहरुलाई बिभिन्न दवाब र प्रभावमा पारेर निर्बिरोध गराउने प्रयास भएको बताए ।

श्रेष्ठले कांग्रेस बलियो भएमात्र राष्ट्रिय र अन्तराष्ट्रिय बिश्वास जित्न सक्ने बताउंदै अहिले नियमित महाधिबेशनको पक्षमा लाग्नेहरुमाथि बिभिन्न किसिमका दवाब र धम्की आउने गरेको तर सत्यको पक्षमा लाग्न र धैर्य गर्न सबैसंग आग्रह गरे।

पोखरा महानगर समितिको अधिवेशनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय प्रचार विभागका पुर्व सदस्य एबम १४ औं महाधिबेशनमा पोखरा महानगर कार्यसमितिको सभापतिका प्रत्याशी गंगाधर पराजुलीले १५ औं महाधिबेशनमा पोखरा महानगरको सभापतिमा मिलन प्रसाद तिवारीलाई प्रस्ताब गरेका थिए । उनले छोटो समयमा वडा, पालिका हुँदै क्षेत्रको अधिबेशन गर्न सकेकोमा खुसि प्रकट गर्दै कांग्रेसलाई अझै पनि एकताबद्द र बलियो बनाए मात्र लोकतन्त्र र राष्ट्रियता बलियो हुने बताए ।

उक्त कार्यक्रममा १५ औं महाधिबेशन अन्तर्गत जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषि काफ्ले, नेपाली काँग्रेस कास्कीका पुर्व सभापति शोभियत बहादुर अधिकारी, निर्बाचन समितिका संयोजक अधिबक्ता बिरेन्द्र केसी, कांग्रेस महासमिति सदस्य दुर्गा तिमिल्सिना, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, कांग्रेस नेता मुक्तिराम अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए

पार्टीको गण्डकी प्रदेश समितिका सदस्य आशिक गुरुङ, क्षेत्रिय संयोजकहरु बिकास गुरुङ, राजेन्द्र बराल, पदम बस्ताकोटी, पोखरा महानगर समितिका संयोजक मिलन तिवारी, पोखरा -६ को वडा कार्यसमितिका सभापति मन्दरा ढकाल, पोखरा -२७ का सभापति विश्वराज पौडेल, मादी गाउँपालिकाका सभापति खिमबहादुर जिसी, रुपा गाउंपालिकाका सभापति ढकबहादुर थापा, जिल्ला अधिबेशन तयारी समितिका सदस्य कमल तिवारी, मादी -७ का सभापति युवराज नेउपाने लगायतले आआफ्नो भनाई राखेका थिए।

सम्बन्धित समाचार ..

कास्की कांग्रेसका तिन क्षेत्रिय सभापतिमा सुबेदी, बराल र बस्टाकोटी, पोखरा महानगर समितिमा तिवारी

कास्कीमा कांग्रेस (देउवा-कोइराला समूह)को पालिका अधिबेशन: अन्नपुर्णमा केसी र माछापुच्छ्रेमा आचार्य

कास्कीमा देउवा पक्षिय कांग्रेसको सक्रियता: वडा तहको अधिबेशन करिब सम्पन्न, पालिका अधिबेशनको तयारी

२४ आश्विन २०८३, शनिबार २२:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा