Play

कास्कीमा कांग्रेस (देउवा-कोइराला समूह)को पालिका अधिबेशन: अन्नपुर्णमा केसी र माछापुच्छ्रेमा आचार्य

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको नियमित १५औं महाधिवेशन अन्तर्गत कास्की जिल्लाका दुईवटा गाउँपालिकाको अधिबेशन बिहिबार सम्पन्न भएको छ। कास्कीको निर्बाचन क्षेत्र अन्तर्गत अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन सम्पन्न भएको र गाउँपालिका कार्यसमितिको सभापति सहित पदाधिकारी र कार्यसमिति चयन गरिएको बताइएको छ।

१५ औं महाधिबेशन सम्पन्न गर्न नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम बिपी पुत्र शशांक कोइराला नेतृत्वमा केन्द्रीय तयारी समिति र विभिन्न जिल्लामा जिल्लास्तरीय समिति बन्नुको साथि वडा र पालिका तहको अधिबेशन भैरहेका छन।

अधिबेशनबाट अन्नपुर्ण गाउँपालिका कार्यसमितिको सभापतिमा भरत केसीलाई र माछापुच्छ्रे गाउँपालिका कार्यसमितिको सभापतिमा माधव आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको छ। अन्नपुर्ण गाउँपालिकाको सभापति बनेका भरत केसी अन्नपुर्ण गाउँपालिका वडा न. ४ का पुर्व वडाध्यक्ष समेत हुन।

२०७९ सालको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्बाचित केसीको पारिवारिक बिरासत नेपाली काँग्रेससंग जोडिएको छ। उनका बुवा स्व. खड्कबहादुर केसी २०४९ सालको निर्बाचनमा तत्कालिन सल्यान गाबिसको अध्यक्षमा निर्बाचित भएका थिए।

यसैगरी माछापुच्छ्रे गाउँपालिकाको सभापतिमा निर्बाचित माधव आचार्य पनि लामो समयदेखि नेपाली काँग्रेसमा क्रियाशील छन।  स्थानीय स्तरमा  राजनीतिक एबम सामाजिक कार्यकर्ताको रुपमा परिचित आचार्य कांग्रेसको राजनीतिमा क्रियाशील रहेर विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै आएका थिए।

दुवै गाउँपालिकाको अधिबेशनको उद्घाटन नेपाली काँग्रेसको १४ औं महाधिबेसनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बरालले गरेका थिए।  त्यस अबसरमा बोल्दै उनले बिदेशीको प्रभावमा परेर बिशेष महाधिबेशनको नाममा नेपाली काँग्रेसलाई कमजोर पार्ने र विभाजनको तहमा पुर्याउने काम भएको बताए। उनले पार्टीका अग्रज नेताहरुलाई अपमान गर्ने र पार्टीमा रहन नसक्ने बाताबरण बनाउने काम युवा नेताहरुबाट नै भएको भन्दै बिशेष महाधिबेशन पक्षधरको आलोचना गरे।

नेपाली काँग्रेसका नेता एबम पुर्व राज्यमन्त्री महादेव गुरुङले सत्य र निष्ठाको बाटो केहि कठीन भएपनि उपलब्धिमुलक हुने बताए। सत्ता र शक्तिको लोभमा परेर पार्टीका कतिपय नेताहरुले १४ औं महाधिबेशनबाट बनेको केन्द्रीय समिति छोडेर अर्को समुहमा लाग्नु  स्वार्थी चरित्र हो भन्दै गुरुङले १४ औं महाधिबेशनबाट बनेको कार्यसमितिले न्याय पाउने बिश्वास व्यक्त गरे।

त्यस अबसरमा बोल्दै १५ औं महाधिबेशन अन्तर्गत कास्की जिल्ला अधिबेशन तयारी समितिका संयोजक ऋषिराम काफ्लेले कास्कीका ५ पालिकाका ७२ वडा मध्ये अधिकांश वादको अधिबेशन सम्पन्न भैसकेको र अब केहि पालिका, क्षेत्र र जिल्लाको अधिबेशनको लागि तयारी भैरहेको जानकारी दिए।

सोही समारोहमा दिईएको जानकारी अनुसार माछापुच्छ्रे गाउँपालिका -५ को वडा सभापतिमा चेतभक्त पौडेल सर्वसम्मत रुपमा चयन गरिएको थियो। रिक्त रहेका कतिपय पदमा पछि मनोनयन गरिने बताइएको अधिबेशनमा सहभागी नेपाल तरुण दल कास्कीका उपसभापति प्रेमलाल पुनले जानकारी दिए।

उक्त अधिबेशनको उद्घाटन समारोहमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष एवं १५ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशका निर्वाचन अधिकृत वीरेन्द्र केसी, कास्की क्षेत्र न. ३ अधिबेशन तयारी समितिका संयोजक पदम बस्ताकोटी, पोखरा महानगर अधिबेशन तयारी समितिका संयोजक मिलन तिवारी, नेविसंघका नेता गोबिन्द एलसी, कांग्रेस नेता पोषनाथ शर्मा र मुक्तिराम अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए।

यसैबीच कास्कीको पोखरा महानगरपालिका र कास्की क्षेत्र न. २ को क्षेत्रिय अधिबेशन शुक्रबार दिउँसो पोखरामा हुने भएको छ। अधिबेशनको उद्घाटन नेपाल सरकारका पुर्वमन्त्री एबम पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य शंकर भण्डारीले गर्ने कार्यक्रम रहेको बुझिएको छ।  पार्टीको पोखरा महानगरपालिका कार्यसमिति र क्षेत्रिय कार्यसमितिको अधिबेशनको लागि आबश्यक तयारी पुरा भएको क्षेत्रिय संयोजक राजेन्द्र बरालले गुरुकुल खबरलाई जानकारी दिए।

२२ आश्विन २०८३, बिहीबार २३:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा