Play

अन्तराष्ट्रिय स्क्र्याबल प्रतियोगितामा नेपालका अनिमेषको उत्कृष्ट प्रदर्शन, ‘मस्ट इन्स्पाईरिंग प्लेयर’ उपाधि प्राप्त

गुरुकुल खबर


पोखरा, थाइल्याण्डको बैंककमा सम्पन्न अन्तराष्ट्रिय स्क्र्याबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका पोखराका बालक अनिमेष लामिछानेले आंफुले खेलेका ३१ खेलमध्ये १३ खेल जितेको र १ खेलमा बराबरीको स्थानमा पुग्न सफल भएको छन। प्रतियोगिता यहि मे महिनाको २९ देखि जुन  १ सम्म अर्थात जेठ १५ देखि १८ सम्म भएको हो।

प्रतियोगितामा उनको प्रेरणादायी खेल भावना, लगनशीलता, निरन्तर प्रयास र उत्कृष्ट सहभागिताका कारण प्रतियोगिताको ‘मस्ट इन्स्पाईरिंग प्लेयर’ उपाधि प्रदान गरिएको थियो। कडा प्रतिस्पर्धाबीच प्राप्त उक्त नतिजाले उनको क्षमता, दृढता र खेलप्रतिको समर्पणलाई उजागर गरेको छ।

लामिछानेले आफ्नै उमेर समूहदेखि ७० वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने दुर्लभ अवसर पाएको उनका बुवा खिम लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए ।

बिभिन्न ३० देशका प्रतियोगी खेलाडीहरुसँग खेल्दै उनले अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण अनुभव, नयाँ सिकाइ तथा विभिन्न संस्कृति र पुस्ताका खेलाडीहरूसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको उनले बताए ।  यो उपलब्धिले केवल अनिमेषको व्यक्तिगत सफलतालाई मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई समेत गौरवान्वित बनाएको छ।

सम्बन्धित समाचार ..

अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने अनिमेषलाई बिधालयको तर्फबाट शुभकामना र बिदाई

६० पटक हड्डी भाँचिएका अनिमेषको आत्मबल र इच्छाशक्ति निकै बलियो, एसईईमा ३.३७ जीपीए ल्याउन सफल

१८ जेष्ठ २०८३, सोमबार १७:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा