Play

अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने अनिमेषलाई बिधालयको तर्फबाट शुभकामना र बिदाई

गुरुकुल खबर


पोखरा, पोखराका अनिमेष लामिछानेले थाईल्याण्डको बैंककमा हुने वेस्पा अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिने भएका छन। यहि मे महिनाको २८ देखी जुन १ सम्म अर्थातयहि जेठ १४ देखि १८ सम्म थाइल्याण्डको बैंककमा हुने वेस्प ईन्टरनेशनल स्क्र्याबल च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर लामिछानेले प्रतियोगितामा भाग लिने भएका हुन।

गत डिसेम्बर ४–५ मा सम्पन्न राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा देशभरका विभिन्न जिल्लाबाट छनोट भएर आएका प्रतियोगीहरु मध्येबाट अनिमेष अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए। अनिमेश लामिछाने सजिलै हड्डी भाँचिने समस्या ‘ओस्टियोजेनेसिस इम्परफेक्टाबाट पीडित छन्।

उनि जन्मिएबाट नै त्यस किसिमको समस्याबाट पिडित रहेकोले नेपाल र क्यानाडा लगायतका मुलुकमा समेत उनको उपचार पनि जारी छ ।हालसम्म उनको शरीरको बिभिन्न भागको हड्डी ६० भन्दा बढी पटक भाँचिएको उनका बुवा खिम लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए।

अनिमेष लामिछानेले नेशनल इन्भेन्टिभ स्कुलबाट यस बर्ष २०८३ को एसइइ परिक्षामा ३.३७ जिपिए अंक सहित उत्तीर्ण भएका हुन । यसैबीच
​विद्यालय परिवारको तर्फबाट अनिमेषलाई थाइल्याण्डमा हुने उक्त अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित बिदाई गरिएको छ ।

केहि आर्थिक सहयोग सहित बिदाई गरिएका लामिछानेले विश्व मञ्चमा जादु चम्काउन र विद्यालय अनि देशको नाम अझ उच्च बनाउन सकुन भन्ने शुभकामना सहित बिधालय परिवारले बिदाइ गरेको हुन ।

१२ जेष्ठ २०८३, मंगलवार १७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा