Play

एटिएम मेसिन फोड्न खोज्ने व्यक्ति पक्राउ

गुरुकुल खबर


पोखरा, एटिएम मेसिन फोरेर पैसा निकाल्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा न.९ नयाँबजार स्थितमा बबि ठाकुर सैलुन पसल संचालन गरी बस्ने बर्ष २० को बबि ठाकुरलाई पक्राउ गरेको हो ।

सोमबार विहान.००.४५ बजेको समयमा जिल्ला कास्की पोखरा ८ सभागृहचोक स्थितमा रहेको नबिल बैंकको एटिएम मेशिनमा रहेको पैसा चोरी गर्ने उदेश्यले फलामको रडले एटिएम मेसिनमारहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनले मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान–१,पेचकस थान–१थान, कपाल काट्ने कैची भाँचिएको अबस्थाको १ थान र ढुंगा १ थान समेत बरामद गरी उनलाई नियन्त्रणमा लिई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

 

 

 

 

२२ कार्तिक २०८०, बुधबार १५:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा