Play

आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करण माघ ५ देखि १६ गतेसम्म हुने

गुरुकुल खबर


पोखरा, लामो समय देखि पोखरामा संचालन हुँदै आएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करण आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा हुने भएको छ। सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको उक्त प्रतियोगिता बिगत २६ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भैरहेको छ। पोखरामा फुटबल खेलको विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको छ।

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक हिम श्री फुड्स प्राइभेट लिमिटेडको उत्पादन आहा रारा तयारी चाउचाउ रहेको छ भने प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका रहेको छ। प्रतियोगिता सञ्चालन गर्नको लागि राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद र अखिल नेपाल फुटबल संघसहित नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघले पनि सहयोग गरेका छन्।

प्रतियोगिता सम्पन्न गर्न लुम्बिनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी र बुद्ध एयरले पनि सहकार्य गरेको छन। यसका साथै सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाले प्रतियोगिताको लागि सहयोग गरेका छन। समाजसेवी, लोक दोहोरी गायक तथा कानुन व्यवसायी देव गुरुङ (हङकङ) ले पनि प्रतियोगितालाई सहयोग गरेको र सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी पुरस्कारको प्रायोजन खेमबहादुर गुरुङले गरेको बुझिएको छ।

क्लबले जारी गरेको बिज्ञप्तीमा प्रतियोगितामा सहभागी हुने टिमहरु, खेल तालिका, पुरस्कार राशि र प्रायोजकका विवरणहरु उपयुक्त समयमा सार्वजनिक गरिने उल्लेख छ बिज्ञप्तीमा ‘प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न क्लबले आवश्यक तयारी अघि बढाईने उल्लेख गरिएको छ प्रतियोगिताले प्रतिभाशाली खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

‘नेपाली फुटबलको विकास र पोखराको गौरवका लागि हाम्रो साझा अभियान—२६औँ आहा रारा पोखरा गोल्डकप–२०८३,’ भन्दै क्लबले प्रतियोगितालाई सफल बनाउन सबैको निरन्तर सहयोग, सद्भाव र सहभागिताका लागि अपिल गरेको छ।

६ कार्तिक २०८३, शुक्रबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा