Play

एटिएम मेसिन फोड्न खोज्ने व्यक्ति पक्राउ

गुरुकुल खबर


पोखरा, एटिएम मेसिन फोरेर पैसा निकाल्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत ग्राम ढांका बजार घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा न.९ नयाँबजार स्थितमा बबि ठाकुर सैलुन पसल संचालन गरी बस्ने बर्ष २० को बबि ठाकुरलाई पक्राउ गरेको हो ।

सोमबार विहान.००.४५ बजेको समयमा जिल्ला कास्की पोखरा ८ सभागृहचोक स्थितमा रहेको नबिल बैंकको एटिएम मेशिनमा रहेको पैसा चोरी गर्ने उदेश्यले फलामको रडले एटिएम मेसिनमारहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनले मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान–१,पेचकस थान–१थान, कपाल काट्ने कैची भाँचिएको अबस्थाको १ थान र ढुंगा १ थान समेत बरामद गरी उनलाई नियन्त्रणमा लिई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 

 

 

 

 

२२ कार्तिक २०८०, बुधबार १५:४९ मा प्रकाशित
Nabintech